ताजा समाचार

कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा डाेल्पा आउने

डोल्पा । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्मा डाेल्पा आउने भएका छन ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका  उपसभापति शर्मा  फागुन १६ गते डोल्पा आउने भएका हुन।

नेपाली कांग्रेस डोल्पाका प्रचारप्रसार समितिका संयोजक तेजेन्द्र बहादुर रोकायाका अनुसार उपसभापति शर्माले जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुका साथै चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम  छ।

जुफालमा आयोजना हुने  चुनावी सभामा उपसभापति शर्माले विशेष सम्बोधन गर्नेछन्। संयोजक रोकायाले उक्त सभामा सहभागी हुन सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि अनुरोध गरेका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि डोल्पाबाट नेपाली कांग्रेसका तर्फबाट केन्द्रीय सह–महामन्त्री कर्ण बहादुर बुढा उम्मेदवार रहेका छन्। केन्द्रीय तहका नेताको आगमनसँगै डोल्पामा चुनावी गतिविधि थप सक्रिय र उत्साहपूर्ण बन्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया