
मंगला बुढा
डाेल्पाकाे मुड्केचुला गाउँपालिकामा सुशासन र समृद्धि नागरिकको अधिकार, भ्रष्टाचार नियन्त्रण बनाऔँ सबैको जिम्मेवारी” भन्ने मूल नारासहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सार्वजनिक सेवाप्रवाहलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने विषयमा अन्तक्रिया गरिएको हाे ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक शन्तोस पाठकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
अन्तरक्रियाका सहभागीहरूले स्थानीय तहमा हुने सम्भावित अनियमितता नियन्त्रण, सेवा प्रवाहमा पारदर्शिता अभिवृद्धि तथा जनविश्वास मजबुत बनाउन सामूहिक जिम्मेवारी आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रमले स्थानीय तहमा सुशासन प्रवर्द्धन, भ्रष्टाचार न्यूनीकरण तथा जवाफदेही प्रशासन निर्माणतर्फ सकारात्मक सन्देश प्रवाह गरेको पालिकाले जनाएको छ।
कार्यक्रममा पालिका अध्यक्ष दत्तबहादुर शाही लगायत जनप्रतिनिधि विभिन्न राजनीतिक दलका प्रतिनिधि पालिका कर्मचारी र स्थानीय बुद्धिजीवीहरुकाे उल्लेख्य सहभागीता थियाे ।

डोल्पा न्यूज । ३० बैशाख २०८३, बुधबार ०६:१४