ताजा समाचार

डोल्पामा १९औँ गणतन्त्र दिवस:अस्पताल विरामीलाई फलफूल वितरण देखि प्रभातफेरि

डोल्पा — डोल्पा जिल्लामा १९औँ गणतन्त्र दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । जिल्ला समन्वय समितिको अगुवाइमा आयोजित कार्यक्रममा जिल्लाका सरोकारवाला निकाय, राजनीतिक दल, नागरिक समाज, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
दिवसको अवसरमा सदरमुकाम दुनै बजारमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

त्यसपछि जिल्ला अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख श्यामबहादुर रोकाया, प्रमुख जिल्ला अधिकारी जुनु ढकाल हमाल, नेकपा एमाले जिल्ला अध्यक्ष लंक रोकाया लगायतले अस्पताल पुगेर बिरामीहरुलाई फलफूल वितरण गरेका थिए ।
यस्तै जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरी गणतन्त्र दिवस मनाइएको आयोजकले जनाएको छ ।
कार्यक्रममार्फत गणतन्त्र स्थापनाका लागि भएका संघर्षको स्मरण गर्दै लोकतान्त्रिक मूल्य, नागरिक अधिकार र समावेशी शासन व्यवस्थाप्रति प्रतिबद्धता व्यक्त गरिएको थियो ।

तपाईको प्रतिक्रिया