विष्णुप्रसाद देवकोटा
जगदुल्ला । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षाार्थ तैनाथ श्री संग्राम शार्दुल गुल्मको आयोजना तथा जगदुल्ला जलविद्युत आयोजना, स्वास्थ्य सेवा कार्यालय डोल्पा र जगदुल्ला गाउँपालिकाको सहकार्यमा जगदुल्ला गाउँपालिका–५ माझगाउँमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
स्थानीय बासिन्दालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको “निःशुल्क स्वास्थ्य शिविर–२०८३” जेठ २ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन गरिएको थियो ।
शिविरमा नेपाली सेना र जिल्ला अस्पताल डोल्पाबाट आएका चिकित्सकसहितको संयुक्त स्वास्थ्य टोलीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरेको थियो । शिविरबाट कुल ४ सय ५२ जना सर्वसाधारण लाभान्वित भएका छन् ।
शिविरमा दाँत सम्बन्धी २३ जना, आँखा सम्बन्धी ५३ जना, स्त्रीरोग सम्बन्धी २ सय जना, नसा तथा हाडजोर्नी सम्बन्धी ५० जना र जनरल मेडिकल सम्बन्धी ३ सय २० जनाले सेवा लिएका थिए ।
दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पुग्न कठिन भइरहेका बेला सञ्चालन गरिएको यस्तो शिविरले स्थानीयवासीलाई ठूलो राहत पुगेको गुल्मपती मेजर हरिश शाहीले जानकारी दिए ।
डाेल्पाकाे जगदुल्लामा निःशुल्क स्वास्थ्य शिविर : ४ सय ५२ जना लाभान्वित
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २ जेष्ठ २०८३, शनिबार १७:५३