ताजा समाचार

उकालोमा ब्याक हुँदा त्रिपुराकोटमा जिप दुर्घटना

विष्णुप्रसाद देवकोटा
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा मंगलबार बिहान एक जिप दुर्घटनामा परेको छ। उकालो चढ्ने क्रममा नियन्त्रण गुमाएर पछाडि ब्याक हुँदा जिप सडकबाट करिब १० मिटर तल खसेको हो।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार बिहान करिब १०ः४५ बजे त्रिपुराकोट बजारबाट त्रिपुरासुन्दरी मन्दिरतर्फ जाँदै गरेको भे १ ज ६०८ नम्बरको जिप दुर्घटनामा परेको हो। जिप सल्यानको दार्मा गाउँपालिका–४ नौला निवासी २४ वर्षीय गोपाल थापाले चलाइरहेका थिए।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी त्रिपुराकोटबाट प्रहरी वरिष्ठ नायब निरीक्षक भरत रोकायाको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार दुर्घटनाका बेला जिपमा चालकबाहेक अन्य कोही सवार नरहेकाले मानवीय क्षति भएन ।दुर्घटनाग्रस्त जिप घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

तपाईको प्रतिक्रिया