ताजा समाचार

कर्णाली प्रदेशसभा फेरि सक्रिय हुँदै: बैशाख २८ मा आठौँ अधिवेशन

सुर्खेत । कर्णाली प्रदेशको संसदीय गतिविधि पुनः सक्रिय हुने भएको छ। प्रदेश सरकारले लामो अन्तरालपछि प्रदेशसभाको अधिवेशन बोलाउने तयारी अघि बढाएको छ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहका अनुसार प्रदेशसभाको दोस्रो कार्यकालअन्तर्गत आठौँ अधिवेशन बैशाख २८ गते सोमबार दिउँसो ३ बजेका लागि आह्वान गर्ने निर्णय गरिएको छ।
यससँगै प्रदेशमा नीतिगत छलफल, विधेयक अगाडि बढाउने तथा समसामयिक मुद्दामा बहस हुने अपेक्षा गरिएको छ। लामो समयपछि बस्न लागेको बैठकले सरकारका प्राथमिकता र आगामी योजनालाई स्पष्ट पार्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया