डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ सुँ गाउँका दुई जना महिला कार्यकर्ता लक्ष्मी बोहोरा र राज्य देवी कठायत बोहोरा नेपाली कांग्रेस परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
निर्वाचन प्रचार–प्रसारको क्रममा पुगेको एमाले टोलीले उनीहरूलाई रङ्ग–अबिर लगाएर पार्टीमा स्वागत गरेको जनाएको छ। प्रवेश कार्यक्रममा एमालेका उम्मेदवार लंकबहादुर रोकाया तथा केन्द्रीय सदस्य बदमी बोहोरा उपस्थित थिए।
स्थानीय तहमा चुनावी गतिविधि तीव्र बन्दै जाँदा विभिन्न दलबीच कार्यकर्ता प्रवेश र परित्यागको क्रम बढ्दै गएको छ। एमालेले भने यो प्रवेशलाई आफ्नो पक्षमा देखिएको जनसमर्थनको संकेतका रूपमा लिएको छ।
त्रिपुरासुन्दरी–३ मा कांग्रेस परित्याग, दुई जना एमालेमा प्रवेश
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । ७ फाल्गुन २०८२, बिहीबार १३:५९