डोल्पा, चैत्र ६ । विभिन्न व्यक्तिहरूको सहयोगमा दुनैस्थित अपाङ्ग विद्यालयका ३२ जना विद्यार्थीलाई कपडा वितरण गरिएको छ।
समाजसेवी तथा चिकित्सक डा. अखण्ड उपाध्यायको विशेष पहलमा संकलित कपडा अपाङ्ग विद्यालयमा अध्ययनरत २२ जना अपाङ्ग तथा १० जना बहिरा विद्यार्थीलाई वितरण गरिएको हो।काठमाडौमा विभिन्न सहयाेगी हातहरुबाट संकलित रकमबाट ट्र्याकसुट किनेर बालबालिकालाई वितरणकाे लागि डाेल्पा पठाएर सम्बन्धित विद्यालयलाई वितरण गर्न लगाएकाे चिकित्सक उपाध्षायले बताए ।
कपडा वितरण कार्यक्रम मार्फत आवश्यकतामा रहेका विद्यार्थीलाई राहत पुगेको विद्यालयले जनाएको छ। डा. उपाध्यायले यसअघि पनि विभिन्न विद्यालयका बालबालिकालाई विद्यालय पोशाक, शैक्षिक सामग्रीलगायत सहयोग गर्दै आएका छन्।
स्थानीयस्तरमा शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको सरोकारवालाहरूले बताएका छन ।

डोल्पा न्यूज । ७ चैत्र २०८२, शनिबार १८:११