ताजा समाचार

डोल्पा जीप दुर्घटनाप्रति कांग्रेस उम्मेदवार बुढाद्वारा शोक व्यक्त

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ राताेजुरमा विहीबार भएको जीप दुर्घटनाप्रति नेपाली कांग्रेस डोल्पाका उम्मेदवार कर्णबहादुर बुढाले गहिरो दुःख व्यक्त गरेका छन्।

चुनावी प्रचारप्रसारअन्तर्गत घरदैलो अभियानमा रहेका बुढाले जगदुल्ला गाउँपालिकाको बस्तीबाटै  शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको तथा दुई जना गम्भीर घाइते भएका छन्।

तपाईको प्रतिक्रिया