ताजा समाचार

प्रतिनिधिसभा बैठक सञ्चालन तयारी पुर्व सिहदरवारमा सर्वदलीय बैठक

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलका प्रतिनिधिहरू बीच सिंहदरबारमा सर्वदलीय बैठक जारी छ । बैठकमा प्रतिनिधिसभा बैठक सञ्चालनको तयारीको विषयमा छलफल चलिरहेको छ । सिंहदरबारस्थित संसद् सचिवालयका महासचिवको कार्यकक्षमा जारी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रतिनिधिहरू सहभागी छन् ।

समानुपातिकतर्फ निर्वाचित सदस्यहरूले बिहीबार निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरे । बिहीबार नै निर्वाचन आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउँदैछ । यो पृष्ठभूमिमा संसद् सञ्चालनको तयारीको विषयमा सर्वदलीय बैठक बसेको हो ।

सांसदहरूको शपथका लागि मिति सार्वजनिक गर्ने तयारीमा रहेको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनका अनुसार यी लगायतका विषय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिएको हो ।संसद सचिवालयका अनुसार चैत १२ गते शपथ गराउने तयारी छ ।

तपाईको प्रतिक्रिया