ताजा समाचार

डोल्पामा पशु रोग नियन्त्रण अभियान: विशेषज्ञ टोली गाउँ–गाउँमा पुग्दै

विष्णुप्रसाद देवकोटा

डोल्पा — पशु स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले पशु सेवा कार्यालय डोल्पा को समन्वयमा विशेषज्ञसहितको प्राविधिक टोली जिल्लाका विभिन्न स्थानीय तहमा पुग्ने भएको छ।

कार्यालयका अनुसार सुर्खेत स्थित प्रयोगशालाबाट खटिएको टोली ठुलिभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, जगदुल्ला गाउँपालिका तथा मुड्केचुला गाउँपालिका का विभिन्न बस्तीमा पुगेर पशु स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गर्नेछ।

जिल्लामा गाई, भैंसी, बाख्रा र घोडामा खोरिया, लम्पी स्किन, गलाघोंटी, रेबिज, पीपीआर लगायतका संक्रामक तथा परजीवीजन्य रोगहरू देखिने क्रम बढ्दै गएकोले यस्तो सेवा सञ्चालन गर्न लागिएको पशुअस्पताल तथा पशुसेवा कार्यालय डाेल्पाका प्रमुख डाक्टर साजन राेकायाले जानकारी दिए ।

कार्यालयले पशुपालक कृषकहरूलाई आफ्ना पशुमा कुनै पनि समस्या देखिएमा समयमै परीक्षण तथा उपचारका लागि उपस्थित भई सेवा लिन आग्रह गरेको छ। साथै थप जानकारीका लागि कार्यालय वा उपलब्ध गराइएका सम्पर्क नम्बर 9843464124 मार्फत जानकारी लिन सकिने बताइएको छ।

तपाईको प्रतिक्रिया