विष्णुप्रसाद देवकोटा
डोल्पा । बैंकिङ कसुर मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका दुई जना प्रतिवादीलाई डोल्पा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार बाँके जिल्ला अदालत र जुम्ला जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएका उनीहरूलाई प्रहरीले खोजतलासका क्रममा २०८३ असोज १ गते फेला पारी पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ठुलीभेरी नगरपालिका–७ का ४२ वर्षीय निरञ्जन शाही र जगदुल्ला गाउँपालिका–६ का ३५ वर्षीय नरबहादुर बस्नेत रहेका छन्।
प्रहरीका अनुसार शाहीविरुद्ध बाँके जिल्ला अदालतबाट तथा बस्नेतविरुद्ध जुम्ला जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
बैंकिङ कसुर मुद्दाका फरार दुई प्रतिवादी डोल्पामा पक्राउ
तपाईको प्रतिक्रिया

डोल्पा न्यूज । २ आश्विन २०८३, शुक्रबार १४:०१