विष्णुप्रसाद देवकोटा
विद्यालयका बालबालिकालाई लागूऔषध विरुद्धको सचेतना कक्षा दिइएकाे छ ।
लागूऔषध दुरुपयोग विरुद्ध लडाै राेकथाममा जाेड दिऔ भन्ने नाराका साथ लागूऔषध सम्बन्धमा विद्यालय क्याम्पस र यूवा क्लबका युवा लक्षित सचेतना कार्यक्रम अन्तर्गत आदर्श माध्यमिक विद्यालय जुफालमा अध्यानरत बालबालिकालाई लागूऔषध विरुद्धको सचेतना कक्षा दिइएकाे हाे ।
अन्तर्राष्ट्रिय लागूपदार्थ विरुद्धको दिवसकाे अवसर पारेर जिल्ला प्रशासन कार्यालयकाे आयाेजनममा आदर्श माध्यमिक विद्यालय जुफालमा अध्यायनरत बालबालिकालाई सचेतना फैलाउने उद्देश्यले लागूऔषध विरुद्धको कक्षा दिइएकाे हाे ।
लागूऔषधकाे ऐतिहासिक पृष्ठभूमि लागूऔषधकाे परिचय तथा प्रकार लागूऔषध दुर्ब्यसनकाे कारण र असरहरु कानुनी प्रावधान र सजायकाे अवस्था लगायत लागूऔषध दुर्व्यसनीवाट बच्ने उपायहरुकाे बारेमा प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहाल र प्रहरी नायव उपरिक्षक हरि कृष्ण केसीले सहजिकरण गर्नु भएकाे थियाे ।
लागूऔषध सेवन तथा ओसारपसार पछि मानवकाे जिवनले सुधार केन्द्र जेल र मृत्युवरण वाहेककाे विकल्प नरहेकाेले प्रायजसाे साथिसंगतबाट नै लागूऔषधकाे सेवन तथा ओसारपसार गर्ने गरिएकाे पाइएकाे छ ।
हिमाली जिल्ला डाेल्पामा लागूऔषध प्रयाेगकर्ता नभएकाे र काराेवाराे समेत नभएकाे अवस्थामा बाहिरी जिल्लावाट हुनसक्ने सम्भावना भएकाले समयमा सचेत हुन आबश्यक रहेकाे ठुलिभेरीनगरपालिकाका नगरप्रमुख श्वर्ण कुमार बुढाले बताउनु भयाे ।
कार्यक्रममा ठुलिभेरी-७ का वडाअध्यक्ष ध्रुव विक्रम शाही राष्ट्रिय जिल्ला अनुसन्धान प्रमुख वसन्त कडेल आदर्श माबि जुफालका शिक्षक शेरबहादुर केसी लगायत संचारकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।