विष्णुप्रसाद देवकोटा
याे वर्ष काइके गाउँपालिकाले यार्सागुम्बा संकलन गर्न पाटन पुगेका स्कुले वालवालिकालाई पुनर्ताजगी कक्षा संचालन गरेकाे छ ।विद्यार्थीकाे सिकाई सहजिकरण गर्न र सिकेकाे ज्ञान सिपकाे विकास गरि पुन:स्मरण गराउने उद्देश्यले पुनर्ताजगी कक्षा संचालन गरिएकाे हाे ।
काइके -३ गुम्बातारा अन्तर्गत पर्ने स्वरखाेला पाटनमा दिनकाे तीन घन्टा घुम्ति विद्यालय अन्तर्गत पुनर्ताजगी कक्षा संचालन गरिएकाे शिक्षक हस्तबहादुर बुढाले जानकारी दिए ।
काइके-३स्थित सितला आधारभुत विद्यालयका वालवालिकालाई पुनर्ताजगी कक्षा यार्सागुम्बा पाटनमै पुगेर पुगेर संचालन गरिएकाे र आउदा वर्षहरुमा समेत यसलाई निरन्तरता दिइने पालिकाले जनाएकाे छ।
तस्बिर :शिक्षक हस्त बहादुर बुढाकाे फेसबुकवालवाट