डाेल्पा । जिल्ला प्रशासन कार्यालय डाेल्पामा पशुपन्छी महामारी राेग वर्डफ्लु नियन्त्रण समितिकाे बैठक सम्पन्न भएकाे छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय डाेल्पाकाे आयाेजित बैठकले पशपंक्षी राेग नियन्त्रणकाे लागि पशुपन्छी महामारी राेग नियन्त्रण ऐन अनुसार जिल्लामा विभिन्न गतिविधि संचालन गर्ने निर्णय गरेकाे छ।
प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालकाे अध्यक्षतामा सम्पन्न बैठकले बर्डफ्लु लगायतका सम्भाव्य पशुपंक्षी जन्य महामारी राेग नियन्त्रणकाे लागि सबै सराेकारवाला निकाय र स्थानीय तह संग समन्वय गरि तत्काल राेकथाम र नियन्त्रणकाे लागि नियमित निगरानी गर्ने निर्णय भएकाे छ ।
यस्तै जिल्लामा फैलिन सक्ने सम्भावित महामारी राेगलाई मध्यनजर राखि पशुपंक्षीमा लाग्न सक्ने राेगकाे राेगथामका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालय र स्थानीय तहहरुमा रहेका शाखाहरु संग समन्वय गरि खाेप तथा औषधी गर्ने निर्णय भएकाे छ ।
यस्तै पशुपंक्षी महामारी राेगथाम नियन्त्रणका लागि विभिन्न संचार माध्यम र स्थानीय तहमा समन्वय गरि प्रचारप्रसार गर्ने निर्णय भएकाे पशु अस्पताल तथा पशु सेवा कार्यालय डाेल्पाका प्रमुख जर बहादुर भक्रीले जानकारी दिए ।