ताजा समाचार

कांग्रेस र एमालेबीच कुनै मनमुटाव छैन: भाैतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बुढा

कर्णाली प्रदेश भाैतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले बाहिरी हल्ला भए जस्ताे  सत्तासाझेदार दल कांग्रेस र नेकपा एमाले बीच कुनै मनमुटाव नरहेकाे बताउनु भएकाे छ ।

प्रेस चाैतारी नेपाल डाेल्पा शाखाले आयाेजना गरेकाे मन्त्रीसंग पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुकाे प्रश्नको जवाफ दिने क्रममा मन्त्री बुढाले यस्ताे बताउनु भएकाे हाे ।

देशमा प्रभावकारी सुशासन कायम गर्न र स्थाई विकास निर्माणमा सहयाेग पुर्याई अस्थिर राजनीतिककाेे  उकुसमुकुसबाट  जनतालाई मुक्त गर्न  दुई ठूला दल मिलेर सरकार  संचालन भइरहेकाे पनि मन्त्री बुढाकाे भनाई थियाे ।

कर्णाली प्रदेश सरकारले विकास निर्माणमा हुने अनियमितता राेक्न याेजना छनाैट देखि बजेट कार्यन्वयन सम्मकाे चरणमा हुने विचाैलियालाई समेत निरुत्साहित पार्न समेत ऐन निर्माण गरि एकीकृत याेजना छनाैटकाे थालनी गरिएकाे पनि प्रदेश मन्त्री बुढाले जानकारी दिनु भयाे ।

प्रेस चाैतारी नेपाल डाेल्पा शाखाका अध्यक्ष प्रेम थापाकाे अध्यक्षतामा भएकाे पत्रकार भेटघाट कार्यक्रममा जिल्लास्थित विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुकाे सहभागीता रहेकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!