ताजा समाचार

डाेल्पासंग जाेडिएकाे आठबिसकोट नगरपालिकाको त्रिवेणीमा २५ घरधुरीमा डस्टविन वितरण

रुकुम पश्चिम — रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं. ६ स्थित त्रिवेणीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी जनचेतनामूलक कार्यक्रम अन्तर्गत २५ घरधुरीलाई डस्टविन वितरण गरिएको छ।

सोमबार सम्पन्न कार्यक्रम वास इकाई आठबिसकोट नगरपालिकाको आयोजनामा नगरप्रमुख रवि केसीको प्रमुख आतिथ्यता तथा सरसफाइ कार्यदल त्रिवेणीको विशेष उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा वास इकाईका कर्मचारीहरूको सहजीकरणमा त्रिवेणीका घरधुरीलाई डस्टविन वितरण गर्नुका साथै तीन वटा सार्वजनिक स्थानमा डस्टविन राखिएको छ।

कार्यक्रमका क्रममा BCC र ICE सामग्रीको प्रदर्शनी, सरसफाइ तथा GEDSI सम्बन्धी विश्लेषण, आगामी योजनाका विषयमा छलफलसमेत गरिएको थियो। नगर उपप्रमुख धनकुमारी शाहीले वास इकाईमार्फत आयोजित कार्यक्रमले डोल्पा जिल्ला सँग जोडिएको उक्त गाउँमा स्वच्छता तथा सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिन्।

वास इकाईले खानेपानी तथा सरसफाइमा समुदायको सहभागिता र स्वामित्व बढाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

तपाईको प्रतिक्रिया