ताजा समाचार

मध्यपश्चिम विश्वविद्यालयबाट दीक्षित हुन सफल युगल जोडी

सुर्खेत। सुर्खेतको विरेन्द्रनगर नगरपालिका १३ निवासी हेमन्त चुनारा र कृष्णा बी.क. चुनाराले मध्यपश्चिम विश्वविद्यालयबाट स्नातकोत्तर तह पूरा गरी दीक्षित भएका छन्। मध्यपश्चिम विश्वविद्यालयको तेश्रो दीक्षान्त समहरोहामा यी दुवै युगल जोडी दीक्षित भएका हुन्। उनीहरू सन् २०२१ मा समाजशास्त्र विषयमा अध्ययन गर्न विश्वविद्यालयमा भर्ना भएका थिए।

हेमन्त चुनाराले २०६६ सालमा जुम्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट आफ्नो सरकारी सेवा यात्रा प्रारम्भ गरेका थिए। निरन्तर परिश्रम र लगनशीलताको परिणामस्वरूप उनी हाल श्रम तथा रोजगार कार्यालयमा शाखा अधिकृतका रूपमा कार्यरत छन्।

त्यस्तै, कृष्णा बी.के. चुनाराले २०६७ सालमा नायब सुब्बाका रूपमा आफ्नो सरकारी सेवा सुरु गरेकी थिइन्। कार्यकुशलता र दृढ सङ्कल्पका कारण उनी हाल पूर्वाधार विकास निर्देशनालय, सुर्खेतमा छैटौं तह अधिकृतका रूपमा कार्यरत छिन्।

शिक्षा र सेवाको क्षेत्रमा अग्रसर यी दम्पतीले आफ्नो व्यावसायिक यात्रासँगै शैक्षिक उन्नति पनि हासिल गरेका छन्। राज्य सेवाको महत्त्वपूर्ण ओहदामा रहेर जनताको सेवा गरिरहेका उनीहरू नेपालका युवा पुस्ताका लागि प्रेरणादायी उदाहरण बनेका छन्। निरन्तर मेहनत, अध्ययनप्रति समर्पण र सेवाप्रति निष्ठाका कारण उनीहरूले व्यावसायिक तथा शैक्षिक सफलताको उत्कृष्ट नमूना समेत प्रस्तुत गरेका छन्।

तपाइको प्रतिक्रिया

error: Content is protected !!