ताजा समाचार

ठूलिभेरीनगर डाेल्पाकाे १४औं नगरसभा:वातावरण संरक्षण सहितका पाँच विधेयक पारित

ठुलीभेरी नगरपालिका डाेल्पाको १४ औं नगरसभा विभिन्न पाँच ओटा विधेयक सहित नगर सम्वृद्दका आधार याेजनाहरु पारित गर्दै सम्पन्न भएकाे छ ।

विधान सभाकाे रुपमा सम्पन्न भएकाे १४औं नगरसभाले वातावरण संरक्षण विधेयक न्यायिक समिति संचालन विधेयक सडक विधेयक  फाेहाेर मैला व्यवस्थापन विधेयक सहित भाैतिक पूर्वाधार र सवारी साधन ब्यावस्थापन विधेयक गरेर पाँच  ओटा विधेयक परित गरेकाे छ ।

नगरप्रमुख श्वर्णकुमार बुढाकाे अध्यक्षतामा भएकाे १४औं नगरसभाले पाँच ओटा महत्त्वपूर्ण विधेयक सहित कृषि शिक्षा स्वास्थ्य यातायात लगायत सडक निर्माणका जनजीविकाक सवालसंग जाेडिएका केही महत्त्वपूर्ण ठाेस याेजााहरु समेत नगरसभाले पारित गरेकाे छ ।

सम्मानित नगरसभाबाट पारित पाँच ओेटा विधेयकले नगरकाे सुशासन र सम्बृद्दिकाे लागि महत्त्वपूर्ण भूमिका खेल्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत डिलप्रसाद राेकायाले बताउनु भयाे ।

निमित्त प्रशासकीय अधिकृत राेकायाका अनुसार पारित विधेयकले विपद व्यवस्थापन नगरका नागरिकलाई घरआगनमै न्याय सम्पादनमा सहजता सडक दुर्घटना न्युनीकरणमा सहजका साथै फाेहाेमैला ब्यावस्थापनकाे माध्यमवाट नगरलाई स्वच्छ सुन्दर बनाउनमा सहज पुग्नुका साथै त्रिपुरासुन्दरी नगरपालिका र ठूलिभेरीनगर क्षेत्रमा संचालित सवारी व्यवस्थापनले नागरिकलाई  सहजता प्रदान हुने अपेक्षा गरिएकाे छ ।

ठूलिभेरीनगरपालिकाकाे केन्द्र जुफालमा भएकाे १४औं नगरसभामा नगरउपप्रमुख छिरिङ टाेल्मा महत एघार वटै वडाका अध्यक्षहरु विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि महिला सन्जालका प्रतिनिधि गैससका प्रतिनिधि र नागरिक समाजका अगुवाहरुकाे उपस्थिति रहेकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!