ताजा समाचार

नेपाली कांग्रेस त्रिपुरासुन्दरी नगर कमिटीद्वारा नयाँ वर्षकाे शुभकामना आदनप्रदान

नेपाली कांग्रेस त्रिपुरासुन्दरी नगर समितिले नयाँ वर्ष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेकाे छ ।

नगर काबा सभापति इन्द्रबहादुर बुढाकाे अध्यक्षतामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएकाे हाे ।

नेपाली कांग्रेसका वरिष्ठ जिल्ला नेता टंकपसाद उपाध्याय गाैरीशंकर उपाध्याय ०७९ का त्रिपुरासुन्दरी नगर मेयरका प्रत्यासी उम्मेदवार चन्द्रलाल धराला वडासभापति पुरिप्रसाद हमाल जयनन्द( जयस) उपाध्याय सहितका पुराना तथा नयाँ र क्रियासिल कार्यकर्ताहरुकाे सहभागिता थियाे ।

शुभकामना तथा चियापान कार्यक्रममा सहभागी अधिकांश नेता कार्यकर्ताले पाटीकाे संस्थागत विकासमा ध्यान पुग्नु पर्नेमा ब्यक्ति विशेषकाे आवरण र छायामा पाटी तथा कार्यकर्ता रुमलिरहंदा डाेल्पामा पाटी कमजोर बनिरहेकाे बताए ।

०७९ काे निर्वाचनमा पाटीभित्र घातअन्तरघातले गर्दा पाटीका उम्मेदवारले पराजय भाेग्नु परेकाे उनिहरुकाे भनाई थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!