ताजा समाचार

डाेल्पाकाे दुनैमा सुरक्षित आप्रवासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

विष्णुप्रसाद देवकोटा

डोल्पा, जेठ ३० गते,उद्योग पर्यटन बन तथा वातावरण मंत्रालयकाे आयाेजनामा तथा सुरक्षित आप्रवासन (सिमा) कार्यक्रमअन्तर्गत “स्वदेशमै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जानुपरेमा सही सूचना लिएर, सीप सिकेर मात्र जाऔं” भन्ने मूल नाराका साथ एक दिवसीय छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका बिशिष्ट अतिथि ठूलीभेरी नगरपालिकाका नगर प्रमुख सुबर्ण कुमार बुढाले वैदेशिक रोजगारीको आकर्षणलाई सीप र सूचनाबाट सुरक्षित बनाउनु आवश्यक रहेको उल्लेख गर्दै, स्थानीय तहले वैकल्पिक रोजगारी सिर्जनामा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “सामान्य जानकारी र तयारी बिना विदेशिने परिपाटीले जोखिम बढाउँछ, अब हाम्रो लक्ष्य स्वदेशमै सम्भावनाको खोजी हुनुपर्छ।”

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री रोम बहादुर महत, ठूलीभेरी नगरपालिकाकी उपप्रमुख छिरिङ टोल्मा महत, जिल्लाका अन्य पालिकाका प्रमुख तथा उपप्रमुखहरू, डोल्पा जिल्लाका रोजगार संयोजकहरू, आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ता तथा मनोसामाजिक परामर्शकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो।

उक्त कार्यक्रममा सुरक्षित आप्रवासनका रणनीति, रोजगारीको अवसर, सीप विकासका कार्यक्रमहरू, आप्रवासनमा लाग्नुअघि आवश्यक जानकारीहरू र मनोसामाजिक पक्षबारे विस्तृत छलफल गरिएको थियो। सहभागिहरूले कार्यक्रमबाट रोजगारीसम्बन्धी सही जानकारी र मार्गनिर्देशन पाएको प्रतिक्रिया दिएका छन्।

कार्यक्रमको समापनमा सहभागी सबै पक्षले आपसी समन्वयमा सुरक्षित, मर्यादित र व्यवस्थित आप्रवासन सुनिश्चित गर्न प्रतिबद्धता जनाएका थिए।

तपाईको प्रतिक्रिया