ताजा समाचार

डाेेल्पाकाे त्रिपुरा माबि काइगाउकाे राहत काेषमा पांच लाख जम्मा, सहयाेग क्रम जारी 

विष्णुप्रसाद देवकोटा

जगदुल्ला गाउँपालिकाकाे काइगाउस्थित त्रिपुरा माबिकाे रहत काेषमा अहिले सम्म पाँच  लाख रकम जम्मा भएकाे छ ।

२१ माघ ०८० मा भएकाे आगलागीवाट चार काेठे भवन लगायत विविध सामाग्रीहरु जलेर झण्डै ५१ लाख ४० हजार बराबरको क्षेति भएकाे थियाे ।

विद्यालयका कम्प्युटर, प्राेजेक्टर लगायतका सामाग्री र उपकरण खरिदकाे लागि राहत काेष खडा गरेर आर्थिक संकलन कार्य गरिएकाे विद्यालयका प्रधानाध्यापक जयबहादुर बस्नेतले जानकारी दिनु भयाे ।

विद्यालयका शिक्षक कर्मचारी कार्यालय सहयाेगी सहित महिला छात्रवासका कर्मचारीहरु समेतबाट एक लाख अठ्तिस हजार दुई सय रुपियाँ र अन्य मनकारी दाताहरुकाे सहयाेग समेत गरेर पांच लाख बराबरको रकम राहत काेषमा जम्मा भएकाे र हुने क्रम जारि रहेकाे विद्यालयले जनाएकाे छ ।

काइगाउस्थित नेपाल बैंक लिमिटेडमा विद्यालय राहत काेषकाे नाममा खाेलिएकाे खाता नम्बर २४९००१०७६८८६५४०००००१ मा मनकारी सहयाेगी भावनाका दाताहरुलाई आआफ्नाे गक्ष्य अनुसार स्वइच्छिक सहयाेग गर्न समेत विद्यालयले आग्रह गरेकाे छ ।

विद्यालयकाे नयाँ भवन निर्माणाधीन अवस्थामा छ ।विद्यालय निर्माण कार्य सम्पन्न पश्चात् भाैतिक संरचनाकाे समस्या नरहने र विद्यालय सामाग्री लगायतका उपकरण खरिदकाे लागि राहत काेष स्थापना गरिएकाे पनि प्रधानाध्यापक बस्नेतकाे भनाई छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!