ताजा समाचार

डाेल्पामा १० औ उद्योग दिवस: स्पष्ट  नीति नहुंदा उद्योगी ब्यापारीहरु मर्कामा 

विष्णुप्रसाद देवकोटा

डाेल्पा,मङ्सिर ९ गते ।

हिमाली जिल्ला डाेल्पामा १० औ उद्योग दिवस मनाइएको छ ।उधमशिल संस्कृति राष्ट्रको समृद्धि भन्ने मुल नाराका साथ     सदरमुकाम दुनैमा विशेष कार्यक्रम गरेर दिवस  मनाइएको हाे ।सरकारले उद्योगी ब्यापारीहरु प्रति स्पष्ट नीति नल्याउदा मर्कामा पर्ने गरेकाे सराेकारवालाकाे भनाई छ ।

कार्यक्रम बोल्दै साहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवलीले उद्याेगीहरुले पर निर्भर नभएर अनुदानको मात्र मुख नहेरी आफैले उद्योगमा लगानि गरि आत्मनिर्भर भएर राज्यले दिने सेवा सुबिधा लिन आग्रह गर्नु भयाे ।

उद्याेग तथा उपभोक्ता हितसंरक्षण कार्यलय डोल्पा प्रमुख शेर बहादुर चन्द ठकुरिले उद्याेगीहरुलाई आफुले सक्दो सहाजिकरण गर्ने बताउदै राज्यले दिएको सेवा सुबिधा नियम र प्रक्रिया पुरा गरि लिन उद्योगी ब्यापारीहरुलाई आग्रह गर्नु भयाे ।

विशेष गरेर डोल्पामा उत्पादित सिमिलाई ब्रान्डिङ्ग गर्ने , प्याकिङ्ग गर्ने र बजारिकरण गर्ने  निर्णय समेत गरिएकाे उद्योग तथा उपभोक्ता हितसंरक्षण कार्यलयका प्रमुख ठकुरीले जानकारी दिनु भयाे ।

नीति तथा कार्यक्रम र कार्यविधि ब्यापारी मैत्री नहुंदा उद्योगी  ब्यापारीहरुकाे लागि हरेक बर्ष आउने बजेट फ्रिज जाने गरेकाे गुनासाे डाेल्पाली उद्योगीहरुकाे थियाे ।

उद्यमी माया ठकुल्लाले सरकारले उद्योगी ब्यापारीहरुकाे पीरमर्कालाई बुझेर नीति कार्यक्रम तथा कार्यविधि ल्याउन सुझाउनु भयाे ।

उद्योग  बाणिज्य संघ डोल्पाका अध्यक्ष लालिमान बुढाले स्पष्ट नीति तथा कार्यक्रमकाे अभावमा स्थानीय उत्पादनले  बजार भाउ पाउन नसकेको  गुनासो गर्नु भयाे ।

कार्यक्रममा आफ्नाे मन्तब्य राख्ने क्रममा नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले सर्वप्रथम हामी   परिश्रमी र स्वभिमानी  हुनु पर्ने जोड दिदै  उद्योगी ब्यापारीकाे  हित हुने गरि उद्योग स्थापना गरि काम गर्न आग्रह गदै डोल्पाका नेताहरुलाई झारो टार्ने काम नगर्न  सुझाव दिनु दिनु भयाे ।

कार्यक्रममा बोल्दै ठुलिभेरी नगरपालिका – ३ का वडा अध्यक्ष भक्त बहादुर भण्डारीले सहि उधोगी सहि ब्यापारिहरुले अनुदान पाउनु पर्ने बताउदै सबैलाई सरकारी मुखी नभएर आत्मनिर्भर बन्नु पर्नेमा जाेड दिनु भयाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!