ताजा समाचार

डोल्पो क्याम्पसमा स्ववीयु निर्वाचन:अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानल नै बिजयी

डोल्पा :डोल्पो क्याम्पसको स्ववीयु निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानल नै बिजयी भएको छ । मंगलबार सम्पन्न निर्वाचनमा डोल्पो क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका गोकर्ण बुढाथोकि र सचिवमा अनेरास्ववियु क्रान्तिकारीका भीम बहादुर राणा निर्वाचित भएका छन ।

डोल्पो क्याम्पसमा नेकपा (एमाले) नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीको बाम गठबन्धनले अनेरास्ववियुको संयुक्त प्यानल बनाइ नेबिसंघसँग  प्रतिस्पर्धा गरेको थियो । मंगलवार क्याम्पसमा भएको निर्वाचनमा कुल मतदाता मध्य १ सय २१ जनाले निर्वाचनमा मतदान गरेका थिए ।

निर्वाचनवाट कुल मतमा ६१ मत प्राप्त गरी बुढाथोकी सभापतिमा निर्वाचित भएका हुन । यसैगरी अनेराश्ववियुका सिचव पदका उम्मेदवार रानाले ६८ मत प्राप्त गरी सचिव पदमा बिजयी भएका छन ।

कोषाध्यक्षमा सुस्मिता कार्कीले ५७ मत प्राप्त गरी बिजयी भएकी छिन भने सदस्यमा पबि शाहीले ३९ मत र पञ्चमायाँ कार्किले ६९ मत प्राप्त गरी बिजयी भएकी  र बाम गठबन्धनको संयुक्त प्यानलले डोल्पो क्याम्पसको स्ववियु निर्वाचन हात पारेको अनेरास्ववियुका क्रान्तिकारीका जिल्ला अध्यक्ष्य दन्त बहादुर बुढा मगरले  जानकारी दिए ।

स्वबियु निर्वाचनमा प्यानल नै बिजय भएपछि गठबन्धन गरेका तिनवटै पार्टीका नेता तथा कार्यकर्ताहरुले दुनै बजार परिक्रमा गरि कोणसभा समेत गरेका थिए ।

कोणसभामा तिनै दलका नेताहरुले शुभकामना दिदै अब आउने निर्वाचन सम्म डोल्पो क्याम्पसमा यो नव निर्वाचित कमिटीले  शिक्षासँग जोडिएका बिद्यार्थीका हरेक समस्याहरु समाधान गर्न आग्रह गरे।

यसका साथै डोल्पाको लिकु संयुक्त क्याम्पसमा भने चरवटै दलले पदिय बाँडफाड गरी अनेरास्ववियु क्रान्त्तीकारीको नेतृत्वमा स्ववियु घोषणा भइ सकेको छ । डोल्पामा रहेका दुई क्याम्पसमा लिकु संयुक्त क्याम्पसमा क्रान्तिकारी र डोल्पो क्याम्पसमा अनेरास्ववियुले नेतृत्व गर्ने भएको छ ।

सिंगो देशै भरी नेपाली कांग्रेस निकट भातृ संघठन नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट अनेरास्ववियुले गठबन्धन गरेर चुनाव लडे पनि डोल्पामा भने माओवादी र एमाले मिलेर चुनाव लडेका थिए।

तपाईको प्रतिक्रिया