जिल्ला समन्वय समिति डाेल्पाकाे आयाेजना तथा काईके गाउँपालिकाकाे संयाेजनमा संचालित मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएकाे छ । ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस-२०८१ काे अवसरमा फागुन ६ गते पहिलाे दिन डाेल्पाकाे दुनै बजारमामा भएकाे मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधि टिमलाई ६-१ काे गाेलले कर्मचारी टिम बिजयी भएकाे छ।
जनप्रतिनिधिको तर्फबाट जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकाया र कर्मचारीकाे तर्फबाट प्रमुख जिल्ला अधिकारी राेम बहादुर महतले मैत्रीपूर्ण फुटबल टिमकाे नेतृत्व गर्नु भएकाे थियाे ।यस्ता मैत्रीपूर्ण खेल संचालन हुदा कर्मचारी राजनीतिक दल र जनप्रतिनिधि विच भावनात्मक सम्बन्ध बढ्ने विश्वास लिईएकाे छ ।
मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारी टिमबाट धर्मेन्द्र बुढथापाले ३ गाेल, बसन्त सिजालीले २ गाेल र नेत्र बहादुर महतले १ गाेल गर्नु भएकाे थियाे ।जनप्रतिनिधिकाे टिमबाट ठुलीभेरी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तेजेन्द्र बहादुर बुढाले १ गाेल गर्नु भएकाे थियाे ।
यस्तै मैत्रीपूर्ण फुटबल प्रतियोगिताकाे खेल अबधिभर सबैभन्दा धेरै गाेल गर्ने कर्मचारी टिमका धर्मेन्द्र बुढथापाले सर्वाधिक गाेल कर्ता पुरस्कार र जनप्रतिनिधि टिमका हिक्मत शाही उत्कृष्ट खेलाडीकाे रुपमा पुरस्कृत हुनु भएकाे छ ।शाही नेपाली कांग्रेस डाेल्पाका पार्टी सचिव हुनु हुन्छ ।दुवैजना खेलाडीलाई काईके गाउँपालिकाले नगद ररुपियाँ दुई हजारका दरले सम्मान गरेकाे छ।