विष्णुप्रसाद देवकोटा
ठुलिभेरीनगरपालिका डाेल्पाकाे एक वडाले २ सय ९७ घरधुरीलाई साैर्य साेलारसेट वितरण गरेकाे छ ।
स्थाई उज्यालोकाे ब्यवस्थापन हुन नसकिरहेकाे अवस्थामा गृहणी विद्यालय बालबालिका र बृद्धअबश्थाका परिवारलाई सहज हाेस भनेर साैर्य उर्जा साेलारसेट वितरण गरिएकाे हाे ।
ठुलिभेरीनगरले आब ०७९/८० मा विनियाेजन गरेकाे १२ लाख आब ०८०/०८१ मा विनियाेजन गरेकाे १० लाख प्रदेश सरकारकाे १५ लाख गरेर ३७ लाख र मेयरसंग जनता शिर्षककाे तीन लाख गरेर चालीस लाखकाे लागतमा टेण्डर मार्फत साेलारसेट खरिद गरेर वडाबासिलाई वितरण गरिएकाे ठुलिभेरी- ७ जुफाल वडाले जनाएकाे छ ।
वडाअध्यक्ष ध्रुवविक्रम शाहीले प्रतिघरधुरीलाई १०० वाटकाे साेलार प्यानल,६० वाटकाे व्याट्री र ६ ओटा बल्ब सहित तार सेट गरेर प्रति सेट १६ हजार ५०० पर्न आउने बताए ।
भरपर्दाे उज्यालो नभई वनमा पाइने झराेकाे दियालोकाे धिपधिपे उज्यालाेमा रात कटाउन बाध्य वडाबासिलाई साैर्य उर्जा साेलार वितरणले राहत पुग्ने बताए ।
निशुल्क रुपमा घरआगनमै साैर्य उर्जा साेलारसेट पाएपछि जुफालवासिले वडाअध्यक्ष शाही र नगरप्रमुख श्वर्ण बुढालाई खुशि ब्यक्त गर्दै धन्यवाद दिएका छन ।