बालिका बलात्कार घटनामा संलग्न ५ जना अझै पक्राउ पर्न सकेनन
डाेल्पाकाे जगदुल्ला गाउँपालिका वडा नं. ६ मा बस्ने स्थानीय १५ बर्षिय बालिका बलात्कार घटनामा संलग्न ५ जना आरोपित अझै पक्राउ पर्न सकेका छैनन् । बालिका बलात्कार घटनामा आरोपित ४ जनालाई यस अघि पक्राउ गरि पुर्वपक्षको लागि थुनामा पठाएता पनि ५ जना भने अझै फरार अवस्थामा रहेका छन ।
डोल्पाको जगदुल्ला ६ वस्ने १५ बर्षिया बालिकालाई पक्राउ परेका ४ जना र फरार सुचिमा रहेका ५ जना गरि जम्मा ९ जना यूवाले २०७९ माघ÷फागुन महिनामा विभिन्न समयमा जबर्जस्ती करणी गरेको भन्दै बालिका सहित बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । बालिका सामान्य परिवारको भएको र समाजमा बोल्न नसक्ने भएको हुदा बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको घर परिवारले थाहा पाए पछि घटना बाहिरिएको थियो ।
उक्त गर्भवती भएकी पिडित बालिकालाई घरमा असुरक्षीत हुने भन्दै हाल जिल्ला अस्पताल डोल्पाको सिफारिसमा एकद्धार संकट व्यवस्थापन केन्द्रको सहयोगमा कर्णाली प्रदेश सुर्खेत पठाईएको छ ।
१५ बर्षिया बालिका बलात्कार घटनामा संलग्न ४ जना डाेल्पाकम विभिन्न स्थानबाट पक्राउ परिसकेको र थप ५ जनालाई खोजी कार्यकाे लागि सुरक्षाकर्मी ,विभिन्न निकाय संग समन्वय भैरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरिक्षक शिव कुमार बुढाथोकीले जानकारी दिएका छन ।