ताजा समाचार

डोल्पा ठूलिभेरी नगर र वडाध्यक्ष ठकुल्लाद्वारा बाढीपीडितका लागि २ लाख ७२ हजार सहयोग

विष्णुप्रसाद देवकोटा

डोल्पाको ठूलीभेरी नगरपालिकाकाे तर्फबाट काइके गाउँपालिका–४, रिवा गाउँमा गएको बाढी र पहिरोबाट पीडित भएकाहरूको सहयोगार्थ २ लाख ५० हजार सहयाेग गरिने नगरप्रमुख सुवर्ण बुढाले बताए छिमेकी पालिकामा दैवीप्रकोपले ल्याएकाे विपत्तिकाे जुटेर सामना गर्दै आफ्नाे तह र तप्काबाट सहयाेग गर्नु मानवीय धर्म रहेकाे नगरप्रमुख बुढाले बताए ।

यसैगरी ठुलिभेरी–८ का वडाध्यक्ष मनराम ठकुल्लाले काइके गाउँपालिका–४, रिवा गाउँमा गएको बाढी र पहिरोबाट पीडित भएकाहरूको सहयोगार्थ रू. २२,००० (बाइस हजार) प्रदान गरेका छन्। उनले आफ्नो एक महिनाको सेवा सुविधा बराबरको रकम राहतस्वरूप सहयोग गर्दै अन्य दातृ मनहरूलाई पनि विपद्‌मा परेकाहरूका लागि सक्दो साथ र सहयोग गर्न आग्रह गरेका छन्।

गत असार १२ गते राति परेको अबिरल वर्षापछि रिवा गाउँका दलित बस्ती लगायतका विभिन्न स्थानहरूमा आएको बाढी र पहिरोले स्थानीय बासिन्दाको घर, खेतबारी, सडक र अन्य संरचनामा ठूलो क्षति पुर्‍याएको छ। पीडितहरू तत्काल राहत र पुनःस्थापनाको पर्खाइमा रहेका छन्।

हाल स्थानीय सरकार, सुरक्षाकर्मी र सामाजिक संघसंस्थाहरूको समन्वयमा उद्धार, राहत वितरण र पुनःस्थापनाका कार्यहरू सक्रिय रूपमा सञ्चालन भइरहेका छन्।

तपाईको प्रतिक्रिया