ताजा समाचार

डाेल्पा जुफालका चालिस जना बेरोजगार युवायुवतीलाई पचास दिने सिकर्मी,डकर्मी तालिम

विष्णुप्रसाद देवकोटा

सीपमूलक तालिमकाे माध्यमबाट आत्मनिर्भर बनाउन डाेल्पा जुफाल का युवायुवतीलाई सिकर्मी डकर्मी सम्बन्धी तालिम संचालन गरिएकाे छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ठुलिभेरिनगरपालिका वडा नम्बर ७ र ८ का ४० जना बेरोजगार युबायुबतिहरुलाई तालिम संचालन गरिएकाे हाे ।

ठूलिभेरीनगरपालिका वडा नम्बर ७ र ८ का युवायुवती लक्षित पचास दिने तालिम १२ गते बाट शुरु भएकाे  ठुलिभेरी नगरपालिकाका वडा अध्यक्ष मनराम ठकुल्लाले जानकारी दिनुभयो ।

सीपमूलक तालिमकाे अभावमा बेरोजगार बनेका युवायुवतीलाई स्वराेजगार बनाई आत्मभनिर्भर बनाउने उद्देश्यले नगरपालिकाकाे प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गतको बजेटबाट तालिमकाे आयाेजना गरिएकाे वडाअध्यक्ष ठकुल्लाले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया