ताजा समाचार

अनेरास्ववियु क्रान्तिकारी डाेल्पाकाे ९ औ जिल्ला अधिबेशन  सम्पन्न ।

डाेल्पान्युज डेक्स

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी युनियन क्रान्तिकारी डोल्पाको ९ औ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

त्रिपूरासुन्दरी नगरपालिका त्रिपुराकोटमा भएको ९ औ जिल्ला सम्मेलनबाट दन्त बहादुर बुढाको नेतृत्वमा  ३५ सदस्यीय जिल्ला  कमिटी चयन भएकाेअध्यक्ष  बुढाले जानकारी दिनु भयाे ।

यसैगरी उपाध्यक्षमा सेतिलाल रोकाया , दिपज्योती क्षेत्री र ज्ञानु रोकाया सचिबमा हरिरुप बिक कोषाध्यक्षमा कमला बुढा सहसचिवमा अनुप पहाडी ,अनिस राज रोकाया ,पनिता बोहोरा र सदस्यहरुमा  अनिल झाक्री ,बन्दना भण्डारी  लगाएतकाे ३५ सदस्यीय जिल्ला कमिटी निर्बिरोध चयन भएको अनेरास्ववियु कान्तिकारी डोल्पाले जनाएको छ ।

कार्यक्रममा नेकपा माओवादीका जिल्ला संयोजक धर्मजित बोहोरा बिस्पोट ,पार्टी सचिब दत्त बहादुर शाही प्रदेश कमिटी सदस्य ओमेन्द्र के सि प्रदेश कमिटी सदस्य तथा ठुलिभेरी नगरपालिका इन्चार्ज बिरमल भण्डारी प्रदेश कमिटी सदस्य तथा जिल्ला अष्पताल डोल्पाका अध्यक्ष कमल बहादुर शाहीकाे उपस्थितिमा जिल्ला कमिटि चयन गरिएकाे हाे ।

यसैगरी  पुर्ब अध्यक्ष मानव रोकाया पुर्ब डोल्पा काठमाडौ सम्पर्क मन्चका अध्यक्ष उमेश रोकायाको आतिथ्यमा जिल्लाका बिध्यार्थी नेता कार्यकताहरुको सहभागीता रहेकाे थियाे ।

नब निर्चाचित अनेरास्ववियु क्रान्तिकारी जिल्ला कमिटी डोल्पाका अध्यक्ष दन्त बहादुर बुढा लगाएतको कमिटिले उपस्थित पार्टीका नेता कार्यकर्ताहरुलाई  सम्मान पत्र सहित  सम्मन गरेकाे थियाे ।

तपाईको प्रतिक्रिया