ताजा समाचार

वर्षौ देखि म्याग्दीको बेनीमा आश्रय लिइरहेका बोल्न नसक्ने व्यक्ति: पहिचान खुलाउन अनुरोध

पुर्ण सार्की/ डोल्पा: म्याग्दी जिल्लाको बेनी नगरपालिका–४ स्थित तीलक गुरुङको घरमा वि.सं. २०७२ देखि आश्रय लिइरहेका एक जना बोल्न नसक्ने व्यक्तिको अझैसम्म पहिचान खुलेको छैन।वर्षौ सम्म आश्रय लिइरहेका यी व्यक्ति को हुन् भन्ने अझै खुलेको छैन।

म्याग्दीका इन्सेक जिल्ला प्रतिनिधि अमृत बास्कुनेका अनुसार सम्बन्धित निकाय,प्रहरी तथा प्रशासन,लाई पटकपटक लिखित तथा मौखिक जानकारी गराइएको भए पनि हालसम्म कसैले पनि प्रत्यक्ष सम्पर्क गरेको छैन।

बोल्न नसक्ने ती व्यक्तिको इसाराबाट अनुमान गर्दा उनी हिमाली क्षेत्रका बासिन्दा हुन सक्ने देखिएको छ। हिमाली क्षेत्र देखि मुस्ताङ हुँदै ट्याक्टरमा म्याग्दी पुगेका यी व्यक्ति विशेष गरी माथिल्लो डोल्पा जिल्लाको छार्काताङ्सोङ गाउँपालिका क्षेत्रबाट आएका हुन सक्ने आशंका गरिएको छ।

यदि कसैले उहाँलाई चिन्नु भएको छ वा आफन्त हुनुहुन्छ भने कृपया नजिकको प्रहरी कार्यालय , जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित स्थानीय तह मार्फत म्याग्दीका इन्सेक जिल्ला प्रतिनिधि बास्कुने वा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सम्पर्क गर्न हुन अनुरोध छ।

फोटो: म्याग्दीका इन्सेक जिल्ला प्रतिनिधि अमृत बासकुने

तपाईको प्रतिक्रिया