ठूलिभेरीनगरपालिका-३ दुनैस्थित शिव मन्दिरमा शिवलिङ्ग स्थापना गरिएकाे छ ।महाशिवरात्रीकाे दिन पारेर जिल्ला समन्वय प्रमुख श्यामबहादुर राेकायाले एक कार्यक्रमका बीच शिवलिङ्ग स्थापना गर्नु भएकाे हाे ।
काठमाडौंस्थित समाजसेवी जग्दिश बैध्यकाे नाममा स्थापना भएकाे जेभि फाउन्डेसनले समन्वय प्रमुख राेकायाकाे अनुराेधमा शिवलिङ्ग उपलब्ध गराएकाे हाे ।
काठमाडौबाट डाेल्पा सम्म समन्वय प्रमुख राेकायाले दुनैस्थित शिव मन्दिरमा मात्रमा नभई जिल्लास्थित विद्यालयका सरस्वती मन्दिर लगायत धार्मिक मठ मन्दिरहरुमा आवश्यकता र माग अनुसार मुर्तिहरु ल्याएर सम्बन्धित क्षेत्रमा हस्तान्तरण गर्ने गर्नु भएकाे छ ।
दुनैस्थित शिव मन्दिरमा शिवलिङ्ग स्थापना गर्ने कार्यक्रममा जिल्ला हुलाक कार्यालयका प्रमुख जयसंकर धिताल सामाजिक विकास कार्यालयका लेखाअधिकृत राजकुमार केसी लगायतका धार्मिक ब्यक्तित्वहरुकाे उपस्थिति रहेकाे थियाे ।शिवलिङ्ग विशेष पुजाआराधाना गरेर प्रतिस्थापन गरिएकाे बताइएको छ ।