ताजा समाचार

डाेल्पाकाे दुनैमा दशै तिहार लक्षित बजार अनुगमन,५८ हजार मुल्य बराबर म्याद गुज्रेकाे सामान नष्ट 

डाेल्पान्युज डेक्स।

दुनैमा दशै तिहार लक्षित बजार अनुगमनकाे क्रममा ५८ हजार मुल्य बराबरको म्याद गुज्रिएका सामान बरामद गरि नष्ट गरिएकाे छ ।  जिल्ला प्रशासन कार्यलय र उधोग तथा उपभोक्ता हित संरक्षण कार्यलयकाे संयुक्त बजार अनुगमन टाेलिले म्याद गुज्रेका सामान नष्ट गरेकाे हाे ।

डोल्पाको सदरमुकाम दुनै बजार भित्र रहेका ३५ वटा होटेल ,खाध्यान्न तथा किराना पसलहरुमा अनुगमन गर्दा कस्मेटिक , जङ्ग फुड र पेयपदार्थ ,लगायतका  ५८ हजार ९ सय पचास रुपैयाँको बराबरको म्याद गुज्रेको सामान बरामत गरि नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारि दामोदर ज्ञावलिले बताउनु भयो ।

डोल्पामा पटक पटक गरिने अनुगमनले मानिसको जिबनमा उपभोग गर्ने पेय तथा खाध्य पर्दाहरु म्याद भएको हुनुपर्ने ,म्याद गुर्जेको पेय तथा खाध्य पर्दाथले मानव स्वास्थयमा हानी नोस्कासी मात्र नभैइ ज्यानै समेत लिने भएकोले यस्मा सबै आम नागरिक सजग हुने पर्ने सरोकारवालाहरुको सुझाब छ ।

अनुगमनका क्रममा दुनै बजारका ३५ वटा होटेल तथा किराना पसलहरुमा अनुगम पश्चात दर्ता नगरेर चालाईएका होटेल र पसलहरुलाई दर्ता गरि करको दायरामा ल्याउन उधोग तथा उपभोक्ता हित संरक्षण कार्यलय दुनै डोल्पाका प्रमुख मोहन कुमार के सिले बताउनु भयाे ।

अनुगमनमा प्रहरी , प्रशासन ,उधोग तथा उपभोक्ता हित संरक्षण कार्यलय,उधोग बाणिज्यसंघ ,पत्रकार र सरोकारवालाहरुकाे सहभागिता रहेकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!