ताजा समाचार

कालिकाेटकाे सुनथराली विमानस्थलमा परिक्षण उडान सफल

डाेल्पा,फागुन १३ गते ।कालीकोटको सुनथराली विमानस्थलको परीक्षण उडान कार्य सफल भएको छ ।

आइतबार प्राविधिक टोलीसहित नेपालगन्जबाट उडेको तारा एयरको जहाजले सुनथराली विमानस्थलको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको नहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले बताए ।

२०४२ सालमा निर्माण कार्य सुरु गरिएको सुनथराली विमानस्थल २०७९ साल माघ ११ गते निर्माण कार्य सम्पन्न भएको थियो ।

विमानस्थलको उद्घाटनका लागि यसभन्दा अघि तीनपटक समय तोकिए पनि विभिन्न कारणले उद्घाटन हुन नसकेको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराले डाेल्पान्युजलाई बताए ।

भोलि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उक्त विमानस्थल उद्घाटन गर्ने तयारी भइरहेको छ ।

२०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम शुरु गरिएको थियो ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!