ताजा समाचार

डाेल्पाकाे जगदुल्लाले मनायाे ३३ औं अपांगता दिवस : अपांग उद्यमी शाही भए सम्मानित 

विष्णुप्रसाद देवकोटा

डाेल्पा,मङ्सिर १८ गते ।जगदुल्ला गाउँपालिकाले अपांग फरक क्षमता भएका ब्यक्तिहरुलाई विशेष कार्यक्रमका साथ  सम्मान  गरेकाे छ ।

समाबेशी तथा दिगाे भविष्यकाे पुर्वाधार अपांगता भएका ब्यक्तिहरुकाे प्रबल नेतृत्व यसकाे आधार भन्ने मुलनाराका साथ ३३ आै अन्तर्राष्ट्रिय अपांगता दिवस मनाउने क्रममा पालिका भित्र भएका ब्यक्तिहरुलाई सम्मान गरेकाे हाे ।

अपांगता दिवसलाई सम्बाेधन गर्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर राेकायाले म केही गर्न सक्दैन मसंग क्षमता छैन भन्ने गलत र कमजोर मनस्थितिलाई बदल्न आवश्यक रहेकाे बताउनु भयाे ।

म पनि अन्य ब्यक्ति सरह गर्न सक्छु भन्ने अठाेट साहस लिएर  अगाडि बढे अन्य सरह भन्दा पनि कुसल सक्षम र आत्मनिर्भर बन्न सकिने बताउनु भयाे ।

जनताकाे सुखदुखकाे साथि स्थानीय सरकार भएकाले अपांग र फरक क्षमता भएका ब्यक्तिमैत्री भाैतिक संरचना लगायत सेवासुविधा ब्यवस्थापन गर्न आग्रह गर्नु भयाे ।

कार्यक्रमकाे अध्यक्षता गर्नु भएका गाउँपालिका अध्यक्ष नारासि राेकायाले ०७४ सालदेखि निरन्तर रुपमा अपांगता दिवस मनाउँदै आइरहेकाे उल्लेख गर्दै फरक क्षमता भएका अपांगता भएका ब्यक्तिहरुलाई आत्मनिर्भर बनाउन उद्यमशिलता तालिम संचालन  लगायत पालिकावाट बिउपूजिकाे रुपमा आर्थिक सहयाेग समेत गरिरहेकाे बताउनु भयाे ।

फरक क्षमताका ब्यक्तिलाइ मात्र नभएर  जेष्ठ नागरिकलाई समेत पालिकाले उपलब्ध गराउने सेवासुविधालाई आगामी दिनमा पनि निरन्तर दिने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।

महिला तथा बालबालिका शाखाकाे आयाेजनामा भएकाे कार्यक्रममा स्वागत मन्तब्य दिदै पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशबराज जैसीले पालिकाले फरक क्षमता भएका अपांगता ब्यक्तिहरुलाई आत्मनिर्भर सबल सक्षमताकाे विकास गर्न फरक क्षमता र अपाङमैत्री याेजना तथा कार्यक्रम बनाएर सहयाेग गर्दै आइरहेकाे बताउनु भयाे ।

अपांगता दिवसकाे अवसरमा जगदुल्ला गाउँपालिका- ३ मा संचालित बेकरी उद्याेगका संचालक सफल उद्यमी  अपांग दिपबहादुर शाहीलाई कार्यक्रमका प्रमुख अतिथि तथा  समन्वय प्रमुख श्यामबहादुर राेकाया पालिका अध्यक्ष नारासि राेकाया र पालिका उपाध्यक्ष अमृता लामाले अविर टीका लगाएर दाेसल्ला ओढाई सम्मान गर्नु भएकाे थियाे ।सम्मानित क वर्गका अपांग ब्यक्तितब दिपबहादुर शाहीलाई प्राेत्साहनस्वरुप जगदुल्ला गाउँपालिकाले एक लाख रुपिया समेत आर्थिक सहयाेग गरेकाे थियाे ।

नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढा महिला सशक्तीकरण केन्द्रका कार्यक्रम संयाेजक गैह्र सरकारी संस्था महासंघका अध्यक्ष रणबहादुर कार्की सामाजिक विकास कार्यालयका रामबहादुर बुढ पालिकाका वडाअध्यक्ष लगायत अपता भएका ब्यक्तिहरुकाे कार्यक्रममा उपस्थित थियाे ।

कार्यक्रम महिला बालबालिका जगदुल्ला शाखा प्रमुख सबिना वाेहाेराले गर्नु भएकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!