डोल्पा : डोल्पामा डिप्लोमा इन्जिनियर्स यसोसियसन नेपाल (डिन) पुनर्गठन भएको छ । अधिबेशनबाट धनबहादुर केसि पुन जिल्लाको अध्यक्षमा चयन भएका छन । कुल १५ सदस्यीय जिल्ला समिती गठन भएको हो । यसभन्दा पहिले गठन भएको (डिन ) पुनर्गठन पछी धनबहादुर केसि पुन सर्बसम्म्त अध्यक्षमा दोहोरिएका हुन ।
अध्यक्षमा धनबहादुर केसि वरिष्ठ उपाध्यक्षमा नवीन केसि उपाध्यक्ष राजकुमार बुढामगर सचिव हरिप्रसाद रोकाया कोषाध्यक्ष रन्जु गिरि सहित अन्य १५ सदस्यीय जिल्ला समिति गठन भएको छ ।
डिन जिल्ला कमिटी पुनर्गठन गर्दै सदस्यतालाई जिल्ला ब्यापी गराउने । डोल्पा जिल्लाको हाल सम्म उत्पादित इन्जिनियरिङ क्षेत्रको जनशक्तिको यथार्थ तथ्यांक अध्यावधिक गरि सार्बजनिक गर्ने । इन्जिनियरिङ क्षेत्रमा महिलाको संख्या कति जनजातीको संख्या कति? दलितको संख्या कति? र ब्यरोजगारको संख्या कति भन्ने यकिन गर्ने नब निर्बाचित अध्यक्ष धनबहादुर केसिले जानकारी दिए ।
गठित समितीले आगामी समयमा हुने प्रदेश स्तरीय अधिबेशनमा डोल्पा जिल्लाको प्रतिनिधित्व हुनेगरी प्रकाश बुढा तिलक आर्सी हरिप्रसाद रोकाया र जिल्लाका अध्यक्ष धनबहादुर केसि सहित ४ जनाको टोलिको प्रतिनिधित्व रहनेछ । जिल्लामा साधारण सदस्यताको लागि भने प्रतिब्यक्ती ५ सय शुल्क तिर्नुपर्नेछ ।यसोसियसनले जिल्लाका इन्जिनियर्सका हकहितमा काम गर्ने बिश्वास नवनिर्वाचित अध्यक्ष केसिले बताए ।
निर्णय हेर्नुहोस