ताजा समाचार

एमालेका अध्यक्ष ओलीको एकीकृत समाजवादीप्रति कटाक्ष:गुटबनाएर आफ्नै सरकार ढाल्ने छुट कसैलाई छैन

सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको बताएका छन् ।

बुधबार एमाले कपिलवस्तुको १० औँ अधिवेशन उद्घाटन कार्यक्रममा उनले केही स्वार्थी व्यक्ति पार्टीमा हुँदा विगतमा धेरै क्षति पुगेको बताएका हुन् ।

‘हिजो गलत मनसायबाट पार्टी फुटाउनेहरू कहीँबाट सञ्चालित थिए, अहिले उनीहरूको के हालत भएको छ !

केही स्वार्थी व्यक्ति पार्टीमा हुँदा कति धेरै क्षति पुर्रायो भन्ने विषय सबैलाई प्रष्ट छ,’ उनले भने, ‘पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन, यसले कसैलाई फाइदा हुँदैन, पार्टीलाई फाटो ल्याउँछ, एमालेलाई गुटबन्दी स्वीकार्य छैन, योबारे सबै नेता कार्यकर्ता स्पष्ट हुनुपर्छ, अब गुटबन्दीविरुद्ध सबै नेता कार्यकर्ता लागौँ । गुटबन्दी मुर्दावाद भनौँ ।’

तपाईको प्रतिक्रिया