डाेल्पान्यूज डेक्स
डाेल्पा पुस १७ गते
डोल्पाको सदरमुकाम दुनैबाटै एक महिला बेपत्ता भएकी छिन् ।
ठुलिभेरी नगरपालिका वडा नं ६ दुरगाउँ बस्ने २७ बर्षिय टिका सार्की एकसाता देखि बेपत्ता भएकी हुन् ।
एकसाता अघि सहकारीको तालिममा सहभागीहुने भन्दै घरबाट दुनै हिँडेको टिका अहिलेसम्म पनि सम्पर्कमा नभइ बेपत्ता भएको उनका श्रीमान बिर बहादुर सार्कीले बताउनु भयाे ।
सुर्खेतबाट डोल्पाको दुनै पुगेका एक जना कर्मचारीले तालिम छ भन्दै खबर गरेपछि आफ्नी श्रीमती टिका सार्की पुष ८ गते बिहान दुनै गएको र अहिलेसम्म पनि सम्पर्कमा नरहेको उहाले बताउनु भयाे।
महिला हातेमालो बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्ष समेत रहेकी टिका घरबाट निस्केको साँझ देखि सम्पर्कमा नरहेको उनका श्रीमानको भनाइ छ ।
बेपत्ता भएको एकसाता बितिसक्दा पनि फोन पनि नलाग्ने र सम्पर्कमा पनि नरहे पछि खोजिदिन माग गर्दै जिल्ला प्रहरी कार्यालय डोल्पामा निवेदन दिएकाछन् ।
‘म मिस्त्री काममा गएको थिए,पहिला पनि एक पटक तालिम पर्दा दुनै पुगेर फर्किएकी हुन्,पछिल्लो पटक तालिममा जाँद बेपत्ता भएकी हुन्’ बिरबहादुरले भने ।
यदि कसैले भेटाएमा प्रहरीलाई खबर गरिदिन पनि उहाले आग्रह गर्नु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसी अनुसार खोजिदिन माग गर्दै जाहेरीको आएको र सोही अनुसार जिल्ला भित्र र बाहिरका विभिन्न प्रहरी चौकीहरुमा हुलिया काटेर खोजी भइरहेको बताउनु भयाे ।
टिकाले प्रयोग गर्ने फोन स्विच अफ भएकाले लाइभ लोकेसन पत्ता लगाउन नसकिएको उहाको भनाइ छ