ताजा समाचार

डाेल्पाकाे दुनै र जगदुल्लाबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

विष्णुप्रसाद देवकोटा

डाेल्पा,मङ्सिर १० गते ।डाेल्पाकाे दुनैबाट १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान शुरु गरिएकाे छ ।

जिल्ला समन्वय समिति डोल्पाको आयोजना, जिल्ला प्रशासन कार्यालय, सामाजि विकास कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ, स्वास्थ्य सेवा, कार्यालय तथा ठुलिभेरीनगरपालिका-३ नम्बर वडा कार्यालय  दुनैकाे  समन्वयमा अभियानकाे शुभारम्भ गरिएकाे हाे ।

गैह्र सरकारी संस्था महासंघ जिल्ला शाखा, बालविवाह विरुद्धको साझा अभियान सञ्जाल डोल्पा, लगायत महिला सशक्तीकरण केन्द्र, वातावरणीय कृषि विकास केन्द्र र पत्रकार महासंघ डोल्पाको अभियानमा सहकार्य रहेकाे छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन प्रभातफेरी कार्यक्रम गरेर अभियानको शुभारम्भ गरिएको हाे।

हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता  भन्ने नाराका साथ जिल्ला समन्वय समितिको प्राङगणबाट व्यानर र प्ले कार्ड सहिको र्‍याली शुरु भई दुनै बजार परिक्रमा गरी पुनः जिल्ला समन्वय समिति परिसरमा पुगेर कोणसभा परिणत भई  शुभकामना मन्तव्य सहित पहिलो दिनको कार्यक्रम सम्पन्न गरिएकाे थियाे । सुभारम्भ कार्यक्रमकाे सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञावलीले सञ्चालन गर्नुभएको थियो ।

जसमा कर्णाली प्रदेश सरकारका पूर्व उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री एवम् कर्णाली प्रदेश सभा सदस्य उर्मिला विश्वकर्मा, ठूलीभेरी नगरपालिका उपप्रमुख छिरिङ टोमा महत, वडा नम्वर ३ का अध्यक्ष भक्तबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, प्रहरी नायव उपरीक्षक हरिकृष्ण के सी लगायत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि गैरसरकारी संस्थामा प्रतिनिधिकाे सहभागिता रहेको थियो ।

यो १६ दिन अभियान मङ्सिर १०-२४ २०८१ अर्थात नेभेम्वर २५-डिसेम्वर १० २०८१ सम्म हरेक वर्ष अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमका साथ अभियान सन्चालन गरिदै आएकाे पाइन्छ  ।

यसैगरी  त्रिपुरासुन्दरी नगरपालिका र जगदुल्ला गाउँपालिकामा पनि १६ दिने अभियानको शुभारम्भ कार्यक्रममा र्‍याली र कोणसभाकाे आयाेजना गरिएकाे थियाे।डोल्पाको जगदुल्ला गाउँपालिकामा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको गाउँपालिका अध्यक्ष नारसिँह रोकायाले शुभारम्भ गर्नुभएको थियाे ।

हरेक वर्ष झै यस बर्ष पनि जगदुल्ला गाउँपालिकाको सबै  वडा तथा वस्तीहरुमा १६ दिने लैगिंक हिंसा विरुद्धको अभियान अन्तरगत लैगिंक हिंसा, घरेलु हिंसा, बाल विवाह, बाल श्रम न्यूनिकरण गर्नको लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिने आयाेजकले बताएकाे छ ।

१६ दिने अभियानको शुभारम्भ गर्दै  जगदुल्ला गाउँपालिकाका  अध्यक्ष नारसिँह रोकायाले आगामी दिनहरुमा लैगिंक सिंसा, बाल विवाह न्यूनिकरण गर्नको लागि स्थानीय सरकार प्रतिबद्ध भएर काम गर्ने बताउनु भयाे ।

शुभारम्भ कार्यक्रममा पालिका उपाअध्यक्ष अमृता लामा, प्रमुख प्रशासकीय अधिकृत केशवराज पाण्डे, सवै वडाका वडा अध्यक्षहरु, गाउँपालिका भित्रका विभिन्न शाखाहरुका शाखा प्रमुख, सुरक्षाकर्मी, महिला समुह, सुरक्षकर्मी,बाल क्लब लगाएतका निकायको सहभागीता रहेको जगदुल्ला गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सविना बोहोराले जनाकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!