ताजा समाचार

नयाँ वर्षको अवसर पारेर मुड्केचुलामा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन 

पुर्ण सार्की/डोल्पा: डोल्पाको मुड्केचुलामा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ। सोमबार नयाँ वर्षको अवसर पारेर गाउँपालिकाको आयोजना  तथा  खेलकुद विकास  समितिको व्यवस्थापनमा गाउँपालिकाका उपाध्यक्ष दुदा रोकायाको प्रमुख आतिथ्यता सगै मुड्केचुला खेलकुद विकास  समितिका अध्यक्ष रमेश बुढाथोकीको सभाध्यक्षमा औपचारिक रूपमा उद्घाटन गरिएको गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले जानकारी दिए।

आफू काम विशेषले प्रतियोगिताको उद्घाटनमा उपस्थित हुन नपाएको र सम्पुर्ण खेलाडीहरुलाई अनुशासनमा रही अध्यक्ष कप खेलकुद प्रतियोगिता भव्य रूपमा सफल पार्नको लागि मद्दत गरिदिन अध्यक्ष शाहीले आग्रह गरेका छन्।

कार्यक्रमको उद्घाटन शत्रमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले स्वागत मन्तव्य राख्दै खेल अनुशासनमा रहेर खेल्न सहभागी खेलाडीहरूलाई आग्रह गर्नुका साथै प्रतियोगितामा भाग लिने सबै टोलिहरूलाई सफलताको शुभकामना दिएका थिए।

उद्दघाटनको दिन नयाँ वर्ष परेको हुँदा खेलाडीहरू टाढा टाढा रहेका कारण आज उद्घाटन मात्रै गरिएको र भोलि देखि औपचारिक रुपमा खेलहरु खेलाईने प्रमुख प्रशासकीय अधिकृत महताराले जानकारी दिए।

गाउँपालिकाको आयोजनामा हुने अध्यक्ष कप खेलकुद प्रतियोगितामा  खुला वडा स्तरीय पुरुष भलिबल, खुला ब्याडमिन्टन एकल र खुला ब्याडमिन्टन डबल, वडा स्तरीय फुटबल प्रतियोगिताका खेलहरु खेलाईने छ ।

प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथम स्थान हासिल हुने टिमले नगद रु. एक लाख, द्वितीय हुने टिमले नगद रु. ५० हजार सगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। दुवै खेलका विद्यामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ।

त्यस्तै खुला ब्याडमिन्टन एकल तर्फ प्रथम हुनेले २० हजार, द्वितीय हुनेले दश हजार र सगै ट्रफी, खुला ब्याडमिन्टन डबल तर्फ प्रथम हुनेले नगद रु. ५० हजार द्वितीय हुनेले नगद रु. २५ हजार सगै ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त , वडा स्तरीय फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद रु. चालीस हजार, द्वितीय हुनेले नगद रु. बीस हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक गाउँपालिकाले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!