काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। क्यानका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा १८ जनाको शव भेटिएको र पाइलट मनिष शाक्यलाई उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए।
उनले भने,’ १८ जनाको बडी संकलन गरिएको छ। यात्रु वा कर्मचारी को हुन् एकिन भएको छैन। पाइलटलाई उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको छ।’
दुर्घटनाको थप विवरण आउन बाँकी छ।
बुधबार बिहान काठमाडौंबाट पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा परेको थियो।