ताजा समाचार

निर्धारित समयमै डाेल्पाकाे जुफाल विमानस्थलकाे धावनमार्ग सुधारकाे काम सम्पन्न

डोल्पामा रहेको जुफाल विमानस्थल मर्मतको काम सम्पन्न भएकाे छ

 गत फागुन १६ गते देखि बन्द भएको विमानस्थलको धावनमार्ग सम्याउने लगायतकाे मर्मत कार्य सम्पन्न भएकाे नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर बिरप्रसाद शाहीले जानकारी दिए।

जिल्लामा यातायातको प्रमुख एवं भरपर्दो साधन हवाइ यातायात नै भएकाले  स्थानीय युवा व्यवसायीहरूको सक्रियताले मर्मतकाे भनेकै समयमा सम्पन्न हुन सकेकाे आयाेजना प्रमुख शाहीले बताए ।

निर्माणको जिम्मा आजिवन तामाङ मरिन जेभी धादिङले मूल्य अभिवृद्धि करसहित छ करोडमा लिएको थियाे।

विमानस्थलको धावन मार्ग कतै उठेको कतै बसेको र केही ठाउँमा चिरा परेर भासिएपछि १८५ मिटर स्तरोन्नति गरिएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण एराेड्रम ईन्जिनियरिङ विभाग डाेल्पा(जुफाल) विमानस्थल आयाेजनाले धावनमार्ग सुधारकाे सम्पूर्ण कार्य चैत २९ गते भित्र सम्पन्न भएकाले हवाई सेवा संचालनकाे लागि याेग्य भएकाे ब्यहाेरा सहितकाे पत्र नागरिक उड्डयन कार्यालय जुफाललाई पठाइएकाे आयाेजना प्रमुख शाहीले डाेल्पान्यूजलाई जानकारी दिए ।

शाहीले भने ” मर्मतकाे सम्पुर्ण काम सकिएर पनि हवाई सेवा संचालनकाे लागि नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएका छाै नेपालगन्जमा जहाजहरु छैनन् भन्ने छ तर जसरी पनि नयाँ वर्ष बैशाख १ देखि हवाई उडान गरि दिन भनेर एयरलाइन्ससंग पहल भईरहेकाे छ ।”

यसअघि धानवमार्ग जीर्ण भई विचमा खाल्डाखुल्डी परेर जहाज अवतरण  तथा उडानमा समस्या थियाे ।जसका कारण सरकारी तथा निजी एयरलाइन्स कम्पनीहरूले पनि पटक पटक उडान गर्न नसकिने बताउँदै आएका थिए।

धावनमार्गकाे मर्मत कार्य (सुधार) सम्पन्न भएकाे र यस अघि भन्दा गुणस्तरीय काम हुनुका साथै धावनमार्गकाे सम्म परेकाले उडान तथा अवतरणमा समस्या नहुने ठुलिभेरीनगरपालिका – ८ का वडाअध्यक्ष मनराम ठकुल्लाले बताए ।

विमानस्थल मर्मतको काम सकिएकाले सहज रुपमा हवाई जहाज आवत जावत गर्न सकिने नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!