डाेल्पान्युज संवाददाता
मंसिर १२
सुर्खेत मंसिर १२ गते ।कर्णालीमा ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण व्यावसायीसंग कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले छलफल गरेकाे छ ।
कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले निर्माण व्यावसायीसंग नियमित छलफल गरि रहेको हाे।
बर्षौ देखी ठेक्का लिएर काम नगर्ने अमर सिस्ने जेभी नेपालगञ्ज २ बाँके,पिएस निर्माण सेवा नौवस्ता ८ बाँके र बिरेन्द्र अमर निर्माण सेवा खरिचन्द्रपुर ३ बर्दियाका प्रोप्राईटर र प्रतिनिधिहरुलाइ मन्त्रालयमै बोलाएर अन्तिम अवसर दिएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव इश्वर चन्द्र मरहट्टाले बताउनु भयाे ।
काम गर्नका लागि निर्माण व्यावसायीलाई यो अन्तिम अवसर हो यदि दिएको मितिमा काम थालनी नभए कानुनी रुपमा कारवाही हुन्छ सचिव मरहट्टाले भन्नू भयाे ।
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाको संयोकत्वमा निर्माण व्यावसायी,मन्त्रालय र आयोजना रहेको जिल्ला जाजरकोटका कार्यालय प्रमुख बिच मन्त्रालयमा अन्तिम पटक छलफल भएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले बताउनु भयाे ।
मन्त्री बुढाले भन्नु भयाे”जनताको सेवाका लागि सरकारले बिकास निर्माण गर्ने जिम्मा निर्माण व्यावसायीलाइ दिएको छ ,तर अनेक बहानामा निर्माण व्यावपसायीले काम अलपत्र पार्दा जनताले दुख पाइ रहेकाछन ।
अब आयोजना अलपत्र पार्ने छुट नभएकोले काम नगर्ने निर्माण व्यावसायीयलाइ मन्त्रालयले कानुनी प्रकृयामा गएर कारवाही गर्ने उहाँको भनाइ छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले पनि निर्माण ब्यावसायीले काम गरे बजेटको कुनै समस्या नरहेको तर निर्माण व्यावसायीले नै काम ढिला गरेको बताउदै आउनु भएकाे छ।
यता भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले पनि निर्माण व्यावसायीले काम गरे भुक्तानी दिन कुनै समस्या नरहेको दावी गरेको छ । हाल सम्म कुनै पनि निर्माण व्यावसायीको काम गरेर भुक्तानी रोकिएको रेकर्ड मन्त्रालयमा छैन ।
अब मन्त्रालयले नियमित रुपमा निर्माण व्यावसायी र जिल्लाका कार्यालय प्रमुख संग छलफल गरी सृजित समस्या र त्यसको समाधानको उपाय खोजेर विकास निर्माणको कामलाई तिव्रता दिने जनाएकाे छ ।