ताजा समाचार

डाेल्पामा जलवायू परिर्वतनको अवस्था र स्याउ उत्पादनमा पारेको प्रभाव-अनुसन्धानकर्ता प्रदिपकुमार डि.सी

समय र प्रविधी संगै भौतीक रुपमा विश्वदु्रतगतीमा अगाडी बढे संगै प्राकृतीक रुपमा पनी उत्तिकै परिवर्तनशिल रहेको छ ।

यसै सन्दर्भमा ठूलीभेरी नगरपालीका वडा नं ८ को स्थायी वासिन्दा म प्रदिपकुमार डि.सी. हाल पोखरा विश्वविधालय अन्तर्गत वन तथा वातावरण व्यवस्थापन विज्ञान विषय स्नातक तहमा अध्यायनरत रहीे अन्तिम चरणको थेशिस उध्येश्यको लागी एक अनुसन्धान गरेको छु । यसै क्रममा ठूलीभेरी नगरपालीका का ११ वटै वडाहरुमा “जलवायू परिर्वतनको अवस्था र स्याउ उत्पादनमा पारेको प्रभाव ”शिर्षकमामरो अध्यायनतथा अनुसन्धान सारशंमा पेश गरेकोे छ ।

विभीन्न निकाय मौषम विभाग,तथ्याङ्क विभाग,कृषि ज्ञान केन्द्रहरुको सुचना तथा तथ्याङ्क र स्थानिय कृषकहरुको अनुभवहरुलाई परिक्षणको एक विधीः Mannkendall Trend Test गर्दा जलवायु परिवर्तनको असर छर्लङ्ग देखा परेको छ । सन 2000-2022 सम्मको तथ्याङ्कलाई लाई विश्लेशण गर्दा पृथ्वीको तापमान वार्षिक रुपमा औसत ०.०७ डिग्री सेन्टिग्रेट प्रतीवर्षका दरले वृद्घि भएको र वार्षिक रुपमाऔसत ४.४७ मिलीमिटर प्रतीवर्षका दरले वर्षा भईरहेको छ ।

 

यसैगरी स्याउखेतीको लागी Cold Dormancy Period वा Chilling Requirement Period जुनअवधी ५ महिना October देखी February (अशोज देखी माघ महिना) सम्मको हुन्छ । यस अवधिभित्र स्याउको रुख विरुवाहरुलाइ आवश्यक पर्ने पानीको मात्रा सहजै प्राप्तगर्नुपर्ने हुन्छ । तर जलवायु परिवर्तनका कारण स्याउका रुख विरुवाहरुले सहजै प्रयाप्त मात्रामा आसिलोपना वा पानीको मात्रा नपाउदा रुख विरुवाको वृद्घिविकासमा ह्रास हुनगई गुणस्तरीय र गुणात्मक स्याउउत्पादनमा असर पुगेको छ ।

 

जलवायु परिवर्तनकै कारण माटोको उर्वरा शक्तितथा माटोमा हुने रसायनिक तत्वको सन्तुलन उपयुक्त नभई रुख विरुवाहरुले सन्तुलित आहारा नपाउदा विभीन्न समस्या र संक्रमणबाट प्रभावितभई रुख विरुवा अस्वस्थ भएकाले अपेक्षित उत्पादन हुननसकेको मेरो अनुसन्धानले देखाएको छ । सन्तोषजनक उत्पादनको लागी कृषकको लगानी, लगनशिलता,ज्ञान र क्षमताको पनीउत्तिकै भुमिकाभएतापनीमौषम र ऋतु अनुसार जलवायु अनुकुलनहुदाकुनैपनि  रुख विरुवाले राम्रो उत्पादनदिन सक्दैन ।

तद्दापी,कृषकहरुले जलवायु प्रतिकुलता संग भोग्नु परेको चुनौती र समस्याका अनुभवलाई लिई सोहीअनुसारको वैकल्पिक व्यवस्थापन गर्न जरुरी देखिन्छ ,जसको लागी सम्बन्धित निकायहरु पनी जिम्मेवार देखिन्छन । त्यसैले जलवायु परिवर्तनले पारेको प्रभावलाई वेवास्था गर्ने हो भने र समयमै समाधानका उपयाहरुको खोजी र त्यसमा लगानी गरेनौ भने समग्र डोल्पाजिल्ला साथै नेपालकै स्याउउत्पादनहुने पकेट क्षेत्रहरुलाई जलवायुको असरले स्याउखेतीमाभएको कृषकको लगानी,र कृषकमापलायकाआशा सपनालाई ध्वस्तपार्ने कुरामाकुनै दुईमतनहोला ।

अन्तत, विकास र सम्वृद्घिको लागीआधारको रुपमा कृषी क्षेत्रको पनी एक महत्वपूर्ण भुमिका रहेकोले स्याउ खेतीलगाएत विभीन्न कृषीजन्य उत्पादनमा सम्बन्धित क्षेत्रका सम्बन्धितनिकाय,तह बाट समय सापेक्षित वास्तविक आवश्यकतामा आधारीत रही निती तथा कार्यक्रम योजनाहरु बनाई लगानीलाई बढाउनुपर्ने देखिन्छ ।

अनुसन्धानकर्ता SchEMS College, पोखरा विश्वविधालयमा वन तथा वातावरण व्यवस्थापन विज्ञान, स्नातकतहका, अन्तिम सेमेस्टर हुन । यो अनुसन्धान ठूलीभेरी न.पा का सबै वडाहरुमा २०८० भाद्र र कार्तिक महिनामा गरीएको हो ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!