विष्णुप्रसाद देवकोटा
डाेल्पाली भुमिमा जन्मिएकी नव उदयमान गायिका माेति कुमारी बुढा र नृत्यकर्मी काजल शाही सम्मानित हुनु भएकाे छ ।
हिमाली जिल्ला डाेल्पाकाे सदरमुकाम दुनैस्थित खेलमैदानमा जारी डाेल्पा पर्यटन ब्यापार तथा सांस्कृतिक महाेत्सवकाे १८ आै दिनमा क्रियासिल गायिका बुढा र नृत्यकर्मी शाही सम्मानित हुनु भएकाे हाे ।
स्थानीय भाषा कला र संस्कृतिकाे उन्नयनका लागि भगीरथ क्रियाशीलता देखाएकाे भन्दै कलाकारद्वयलाई गैर सरकारी संघ महासंघ डोल्पा र बालविवाह विरुद्धको साझा अभियान सञ्जाल डोल्पाको तर्फबाट सम्मान गरिएकाे हाे ।
जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर राेकायाले सम्मानपत्र सहित खादा लगाएर सम्मानित गर्नु भएकाे हाे ।
नव उदयमान गायिका बुढा र नृत्यकार शाहीलाई सम्मान गर्ने क्रममा समन्वय प्रमुख राेकायाले कलाकारिता क्षेत्रमा थप हाैसला र उर्जाका लागि सम्मान कार्यक्रम काेशे ढुङ्गा सावित हुने बताउनु भयाे ।
बालविवाह विरुद्धको साझा अभियान सञ्जाल डोल्पाका संयाेजक रणबहादुर कार्कीले सम्मानित दुबै जना स्थानीय कलाकारकाे आगामी कर्मसिद्दिकाे यात्रा अनवरत रुपमा अगाडि बढ्न हाैसला बढाेस भनेर सम्मानित गरिएकाे बताउनु भयाे ।
जिल्लाकाे पर्यापर्यटन कलासंस्कृति लगायत प्राकृतिक सम्पदाकाे प्रचारप्रसार गर्ने उद्देश्यले आयाेजना गरिएकाे डाेल्पा पर्यटन ब्यापार तथा सांस्कृतिक महाेत्सव समापनकाे अघिल्लाे दिन २६ साउनमा सिम्रन परियारकाे धमकेदार प्रस्तुति रह्याे ।
जिल्लाकाे महाेत्सव इतिहासमै लामाे समयसम्म संचालन भएकाे याे महाेत्सवमा चर्चित लाेक गायिका जाेति मगर सर्वाधिक लाेकप्रिय नायक पलशाह दाेहाेरी गायक श्याम राना लगायतका दर्जनौं स्थापित गायक गायिका र नायक डाेल्पाकाे भुमिमा उतार्न याे महाेत्सव सफल भएकाे छ ।
आज २७ साउनमा गायिका सिम्रन परियारकाे थप प्रस्तुति सहित स्थानीय कलाकारकाे बेजोड सांस्कृतिक धमकाका साथ महाेत्सव समापन हुने महाेत्सव आयाेजक संयाेजक कमल बुढाक्षेत्रीले जानकारी दिनु भयाे ।