विष्णुप्रसाद देवकोटा
डोल्पा असाेज १ गते। त्रिपुरा माध्यमिक विद्यालय काटियाचौरका विद्यार्थीहरूले सरसफाइ कार्यक्रम गरेका छन ।राष्ट्रिय सेवा दल तालिममा सहभागी विद्यार्थी नेतृत्वमा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएकाे हाे।
विद्यालयका शिक्षक, विद्यार्थी र त्रिपुराकोट प्रहरी चौकीका प्रहरीहरुकाे सक्रिय सहभागितामा प्रशिद्ध शक्तिपीठ श्री बाला त्रिपुरासुन्दरी मन्दिर परिसर र त्रिपुराकोट बगर क्षेत्रमा सरसफाइ गरिएको हो।
विद्यालयका प्रधानाध्यापक तुलबहादुर विष्टका अनुसार सरसफाइ अभियानसँगै जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको हाे।

डोल्पा न्यूज । १ आश्विन २०८२, बुधबार १२:३९