काठमाडौं । हामी नेपाल का संयोजक सुदन गुरुङमाथि आक्रमण प्रयास भएको घटना सार्वजनिक भएको छ।
गुरुङका अनुसार बुधबार साँझ रानीबारीबाट बानेश्वरतर्फ जाँदै गर्दा पल्सर मोटरसाइकलमा आएका व्यक्तिहरूले उनलाई पछ्याएका थिए। केहीबेरमै दुईवटा गाडी पनि समूहमा थपिएर लगातार लखेटेको उनले दाबी गरे।
‘सिनामंगलका गल्ली–गल्लीमा समेत खोज्दै आएका रहेछन्। बानेश्वरसम्मै लखेटे। ती को थिए भन्नेचाहिँ मैले चिनिनँ, तर मार्ने उद्देश्यसहितै आएका जस्तो लाग्यो भनेर प्रतिक्रिया दिएका छन्।
हाल आफू कुन स्थानमा रहेको भन्नेबारे भने उनले सार्वजनिक गर्न चाहेनन्।

डोल्पा न्यूज । १ आश्विन २०८२, बुधबार १६:२४