डोल्पा बैशाख २ गते । डाेल्पा काठमाडौं जाेड्ने सबैभन्दा छाेटाे दुरिकाे सडक निर्माण गरिने भएकाे छ ।जस अन्तर्गत ठूलीभेरी नगरपालिकाको कांडाताली गाउँ हुँदै पूर्वी रुकुम जोड्ने सडक निर्माणका लागि पुर्वसम्भाब्यता अध्यान (डिपिआर)शुरु गरिएकाे छ ।डिपिआरकाे पहिलाे चरणमा  नगरपालिकाभित्र पर्ने कांडाताली गाउँदेखि चिनाराङ्सी पाटनसम्म सडक निर्माणका लागि डीपीआरको काम सकिएको नगरप्रमुख सचिवालयका रेखामान बुढाले जानकारी दिनु भयाे ।
बुढाका अनुसार नगरपालिकाको सिमानाभित्रैको करिब १० किलोमिटर सडकको डिपीआर सकिएको छ, अब चिनाराङ्सीदेखि डोल्पा र पूर्वी रुकुमको सिमानामा पर्ने ज्ञानेसम्म डीपीआर गर्न बाँकी छ,।पहिलो चरणमै काम सक्ने योजना भए पनि बाक्लो हिउँ बरफ जमेकाले त्योभन्दा अघि बढ्न नसकिएकाे’ नगरपालिकाका प्राविधिक पञ्च बुढाले बताउनु भयाे ।
डोल्पा–पूर्वी रुकुम जोड्ने सडकको झण्डै ८० प्रतिशत डीपीआरको काम सकिसकेको र बांकी २० प्रतिशत काम हिउँ पग्लिने वित्तिकै सम्पन्न गरिने प्राविधिक बुढाकाे भनाई छ ।
सडक निर्माण भयाे भने डोल्पाबाट पूर्वी रुकुम-बाग्लुङ-पर्वत-पोखरा हुँदै काठमाडौं एक दिनमै पुग्न सकिने ठूलीभेरी नगरपालिकाका प्रमुख सुवर्णकुमार बुढाले बताउनु भयाे।यो सडक निर्माण भएमा सिधै मध्यपहाडी लोकमार्गसँग जोडिनेछ भने डोल्पा-काठमाडौं जोड्ने सबैभन्दा छोटो सडक बन्नेछ ।सडक निर्माणकाे लागि आवश्यक पर्ने डीपीआरकाे काम ठुलिभेरीनगरपालिकाकाे बजेटबाट गरिएकाे नगरपालिकाले जनाएकाे छ ।

डोल्पा न्यूज । ३ बैशाख २०८२, बुधबार ०५:२७