डोल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकामा एकैपटक ३ वटा साना पक्की पुल निर्माण गरि उद्धघाटन गरिएको छ । प्रधानमन्त्री रोजगारको १ करोड ५२ लाख र नगरपालिकाको साठी लाख गरि कुल २ करोड १२ लाखमा ३ वटा पक्की साना मोटरेवल पुल निर्माण गरेको हो । निर्माण भएका ३ वटा साना पक्की पुलको एकै साथ एक कार्यक्रमका बिच रिवन काटेर उद्धघाटन गरि यातायात खुला गरिएको छ ।
त्रिपुरा सुन्दरी नगरपालिकाको वडा नं १ स्थित गल्लीगार्ड, वडा नं ७ मापर्ने तामेगार्ड र वडा नं ९ मा पर्ने चुँ गार्ड खोलामा २ करोड १२ लाख लागतमा साना पक्की पुल निर्माण गरिएको नगरप्रमुख जनचन्द्र रोकायले जानकारी दिए । नगरप्रमुख रोकायका अनुसार जनताले सहजै र ढुक्कको यात्रा गर्न पाउन भन्ने हेतुले उक्त पुलमा स्थानीय सरकारले समेत लगानी गरेको बताए ।
विगतका बर्षहरुमा प्रधानमन्त्री रोजगारको कार्यक्रम प्रभावकारीहुन नसक्दा राज्यको करोडौँ रकम खेर जाने गरेको अबस्थामा आर्थिक बर्ष २०७९/०८० को प्रधानमन्त्री रोजगारको सम्पुर्ण बजेटले ३ वटा साना पक्की पुल निर्माणमा हुदा बजेटको पनि सहि सदुपयोग भएको र बिकास निर्माणका काम पनि भएको नगरप्रमुख रोकायले दाबी गरे ।यि तिनवटै साना खोलाहरुमा बर्षाको समयमा नागरिकले जोखिमको यात्रा गर्नुपर्ने बाध्यता रहेको र अब गाउँगाउँमा सड्क जोडिएसँगै सवारी साधन समेत वारपार गर्न कठिन रहेकोबेलामा नगरपालिकाले ठुलो बजेट खर्च गरी मोटोरेवल पुल निर्माढ गरी यातायातमा सहजता बनाएको हो ।
सामान्य काम गरेर जनताले पैसा खाने गरेकाे प्रधानमन्त्री रो
जगार कार्यक्रमको कार्यविधि बिपरित नरपालिकाले पुल निर्माण गरेको भनेर अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा समेत परेको छ । विगतका बर्षहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयन गर्दा उपलब्धि नदेखिएपछि ठोस योजना खर्च गरिएको र पक्की पुल निर्माणकालागि सरोकारवाला निकायले धन्यवाद समेत दिए प्रमुख प्रशासकिय अधिकृत जग्दिशचन्द्र नेपालीले बताए । अघिल्लो आर्थिक बर्षको रकम मोटोरेवल पुलमा खर्च गरिएकोले यस आर्थिक बर्षमा पनि प्रधानमन्त्री रोजगारको रकम ठोस योजनामा लगानी गर्ने वा के गर्ने भनेर कार्यपालिकाको बैठकबाट छलफल गरेर टुंग्याउने प्रमुख प्रशासकिय अधिकृत नेपालीले जानकारी दिए। प्रधानमन्त्री रोजगारको बजेट भनेको गाउँ घरका बेरोजगार घरधुरीको पहिचान गरी कुनै एक काम गरेर पारिश्रमीक लिने व्यवस्था छ ।
कुल २ करोड १२ लाखमा निर्माण भएका ३ वटा पक्की साना मोटरेवल पुल नगर प्रमुख रोकायले त्रिपुरा सुन्दरी माताका पुजारीबाट बिधि पुरा गरी रिवन काटेर उद्घाटन गरेका थिए । मोटोरेवल साना पक्की पुल उद्धघाटनमा जिल्ला समन्वय समितिका उप प्रमुख तेजेन्द्र बुढा,नगर उप प्रमुख देवी घर्ती,प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोख्रेल,प्रहरी नायव उपरीक्षक शिव बुढाथोकी,शसस्त्र प्रहरी नायव उपरीक्षक लिला कार्की,राष्ट्रिय अनुसन्धान प्रमुख बषन्त कँडेल,वडाध्यक्षहरु, राजनितिक दलका प्रमुख एवं प्रतिनिधि,पत्रकार लगायतका सरोकारवालाको उपस्थिति रहेको थियो ।