नेपाली सेनाकाे सदरमुकाम दुनैस्थित भदाले ब्यारेककाे चरम लापरवाहीका कारण सदरमुकास्थित एक सामुदायिक बनमा आग लागि भएकाे छ ।ठुलिभेरीनगरपालिका – ४ मष्टाभवानी सामुदायिक वनमा आगलागी भएकाे हाे ।
अपराह्नकाे समयमा लागेकाे आगाेले सदरमुकाम दुनैदेखि तिप्ला गाउँ सम्म फैलिएकाे बनजङ्गल आगाेले सखाप बनाउदै गएकाे छ ।
भदाले ब्यारेक भित्र र ब्यारेक वरिपरि रहेकाे फाेहाेरजन्यबस्तु ब्यवस्थापन गर्ने क्रममा अपराह्न १२ बजेकाे समयमा आगलागी भएकाे हाे ।
ब्यारेक भित्रकाे परिसरमा फाेहाेरजन्यबस्तु जलाउने क्रममा आगाे बाल्दा हावाले आगाेकाे झिल्का उछेटिएर पाखामा रहेकाे खरमा समाउदा एक्कासी आगाे नियन्त्रण भन्दा बाहिर गएर आगलागी भएकाे बताईएकाे छ ।
डिभिजन वन कार्यालय डाेल्पाका प्रमुख मुन रावतले सुख्खा माैसमकाे बेला विहान फाेहाेरजन्य बस्तु जलाउनु पर्नेमा दिउसोकाे समयमा आगाे बाले फाेहाेर जलाउनु सेनामा सुझबुझकाे कमि भएकाे बताए ।
आगाे नियन्त्रणकाे लागि दुबै तर्फवाट नेपाली सेना नेपाल प्रहरी सामुदायिक बनका पदाधिकारी स्थानीय र डिभिजन वन कार्यालयका कर्मचारीहरु परिचालन गरिएकाे बताए ।